default_image

8 years ago

May 14, 2018

आइपिएलमा राजस्थानसँगको हारपछि मुम्बईलाई कठिन

142 views

0 Bookmark

मुम्बई (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भावनालाई बढाएको छ । १ सय ६९ रनको लक्ष्य पछ्याएको राजस्थानले जस बटलरको सानदार इनिङसँगै १८ ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

 

जितसँगै राजस्थान पाँचौं स्थानमा उक्लेको छ भने साविक विजेता मुम्बई छैटौं स्थानमा झरेको छ । सनराइजर्स हैदराबाद र चेन्नाई सुपर किङ्स प्ले अफका लागि छनोट भइसकेका छन् ।

अब २ टोलीका लागि समान १२ अंक भएका किङ्स ११ पञ्जाब, कोलकाता नाइट राइडर्स, राजस्थान, १० अंकको मुम्बई र ८ अंक जाडेको रोयल च्यालेन्सर्ज बैंगलोर छन् । ६ अंक मात्र जोडेको दिल्ली डेयरडेभिल्स प्ले अफबाट बाहिरिसकेको छ ।

राजस्थानका लागि बटलरले अविजित ९४ रनको महत्वपूर्ण योगदा गरेका थिए । ५३ बल खेलेका उनले ९ चौका र ५ चौका प्हार गरे । कप्तान अजिन्के रहानेले ३७ र सञ्जु सामसनले २६ रन बनाए । ३६ बल खेलेका रहानेले ४ चौका प्रहार गरे । १४ बलमा सामसनले २ छक्का र २ चौका प्रहार गरे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले इभिन लेविसको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ६ िविकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । टोलीलाई मजबुद सुरुवात दिलाउने क्रममा सूर्यकुमार यादव र लेविसले ८७ रनको साझेदारी गरेका थिए ।

सूर्यकुमार ३८ बल रन बनाउँदै आउट भएका थिए । उनले ३१ बलमा ७ चौका प्रहार गरे । ४२ बल खेलेका लेविसले ४ छक्का र त्यत्तिनै चौकाको मद्दतमा ६० रनको योगदान गरे । कप्तान रोहित शर्मा खाता नखोल्दै आउट भएपनि हार्दिक पाण्डेयले ३६ रन बनाए । हार्दिकले २१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।

बेन कटिङले अविजित १० रन बनाए । राजस्थानका लागि जोफ्रा, बेन स्टोक्स तथा धवाल कुलकर्णीी र जयदेव उन्डकटले समान १ विकेट लिए । राजस्थानका बटलर म्यान अफ दी म्याच घोषित भए । आइपिएलमा पञ्जाब र बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.