8 years ago
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने एनएसजेएफ पुल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्।
नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले फुटबलका दिनेश हेम्जन, क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उक्त उपाधि जितेका हुन्।
सन्दीप हाल आइपिएल खेल्न दिल्ली डेयरडेभिल्ससङ्ग आबद्ध छन्। रोयल च्यालेञ्जर्स बंगलोरविरुद्ध आइपिएलमा पहिलो पटक मौका पाएका सन्दीपले डेब्यमा उत्कृष्ट बलिङ्ग गरेका थिए।

प्रशिक्षक विनोद दास सन्दीपको अनुपस्थितिमा अवार्ड लिँदै
सन्दीप लामिछाने, क्रिकेट
–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान
–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित
–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान
–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर
दिनेश हेम्जन, फुटबल
–साफ यू–१८ च्याम्पियनसिप बिजेता नेपाली टिमका फरवार्ड । निर्णायक खेलमा भारतमाथि २–० को जित हात पार्दा दुवै गोल गरेको
–त्रिभुवन आर्मी क्लबले घरेलु फुटबलमा ६ उपाधि जित्दा टिमका सदस्य
–कांकडभिट्टा गोल्डकपमा सर्बाधिक ३ गोल
–सिमरा गोल्डकपमा सर्बाधिक ३ गोल । उत्कृष्ट फरवार्ड
दीपेन्द्रसिंह ऐरी, क्रिकेट
–नेपाली टिम एसीसी यू १९ एसिया कपको सेमिफाइनलमा पहिलोपल्ट पुग्दाका कप्तान
–नेपाललाई एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध जित दिलाउन उत्कृष्ट प्रदर्शन । ८८ रन जोड्दै ४ विकेट लिएर म्यान अफ द म्याच । कुनैपनि स्तरमा नेपालले भारतमाथि पहिलो जित हासिल गरेको
–नेपाललाई एसीसी यू १९ इस्टर्न रिजनको उपाधि दिलाउन सफल
–आइसीसी विश्वकप छनोटमा १ अर्धशतकसहित १४३ रन बनाएको
–विश्वकप छनोटमा वान डे इन्टरनेसनल मान्यता पाउन जित्नैपर्ने खेलमा पपुवा न्यु गिनीविरुद्ध ४ विकेट लिनुका साथै अर्र्धशतक बनाएर म्यान अफ द म्याच भएका
मनिता श्रेष्ठ प्रधान, जुडो
–११ औं एसियन जुनियर जुडो च्याम्पियनसिपमा ५७ कुेजीमुनि स्पर्धामा कांस्य पदक ।
–बीकेएसपी कप जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–एसियन जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी
–अम्बिका क्षत्री स्मृति च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक सहित सर्बोत्कृष्ट खेलाडी
पुनम रावल, बक्सिङ
–इन्डियन ओपन बक्सिङमा ६४ केजीमुनि स्पर्धामा कांस्य पदक ।
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदक
–गणेशमान स्मृति बक्सिङमा स्वर्ण पदक
–एसियाली खेलकुदको छनोटमा पहिलो
–एसियन महिला बक्सिङ च्याम्पियनसिपमा सहभागि
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]