8 years ago
May 18, 2018
बैंगलुरु (एजेन्सी)– प्ले अफका लागि छनोट भइसकेको सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग १४ रनले पराजित भएको छ । जितपछि बैंगलोर पाँचौं स्थानमा उक्लेको छ । अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ ।
२ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । टोलीका लागि काने विलियम्सन र मनीष पाण्डेले अर्धशतक बनाएपनि सनराइर्ज विजयी हुन सकेन । विलियम्सनले सर्वाधिक ८१ रन र मनीषले अविजित ६२ रन जोडे । विलियम्सनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
मनीषले ३८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । एलेक्स हालेसले ३७ र शिखर धवनले १८ रन थपे । बैंगलोरका युभभेन्द्र चाहाल, मोहम्मद सिराज र मोइन अलीले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।
टोलीका एबी डि भिलियर्स र मोइन अलिले अर्धशतक पुरा गरे । ३९ बल खेलेका डि भिलियर्सले १२ चोका र १ छक्काको मद्दतमा ६९ रन बनाए । ३४ बल खेलेका अलिले ६ छक्का र २ चौका प्रहार गरे । कोलिन डी ग्रान्डहोमेले ४० रन र सरफराज खानले अविजित २२ रन जोडे । १७ बलमा ग्रान्डहोमेले ४ छक्का र १ चौका प्रहार गरे ।
८ बल खेलेका खानले ३ चौका र १ छक्का प्रहार गरे । हैदराबादका रसिद खानले ३, सिद्धार्थ काउलले २ र सन्दीप शर्माले १ विकेट लिए । आइपिएलमा शुक्रबार नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]