default_image

8 years ago

May 23, 2018

डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

127 views

0 Bookmark

जोहानसबर्ग (एजेन्सी) – पूर्व साउथ अफ्रिकी कप्तान एबी डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट घोषणा लिएका छन् । ‘मिस्टर थ्री सिक्स्टी’ को उपनाम पाएका विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्येका डि भिलियर्सको यस निर्णयबाट क्रिकेट विश्व नै चकित भएको छ ।

De villers

उनले भिडियो मेसेजमार्फत आफ्नो सन्न्यासको घोषणा गर्दै भने, “तत्काल लागू हुनेगरी म क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिंदै छु ।” उनले अब क्रिकेट खेल्न सक्ने आफूमा त्यो ऊर्जा सकिएको पनि बताए ।

३४-वर्षे ब्याट्सम्यान डि भिलियर्सले आफू थकित भएको कुरा पनि जनाए । उनले यही उचित समय रहेको बताउँदै आफ्नो १४ वर्षे क्रिकेट करियरलाई पूर्ण विराम लगाएको घोषणा गरे ।

डि भिलियर्सले १ सय १४ टेष्ट, २ सय २८ एक दिवसीय अन्तर्राष्ट्रिय र ७८ टि-२० खेलहरु खेल्दै कुल २० हजार १४ रन बनाएका छन् । उनको टेष्ट र एक दिवसीयमा ५० भन्दा बढी औसत रहेको छ ।

उनले पहिले क्रिकेटबाट केही बेर विश्राम लिने निर्णय पनि लिएका थिए । टेष्ट नखेले पनि एक-दिवसीय र टि-२० भने निरन्तरता दिने अनुमान गरिएको थियो ।

२०१९ विश्वकपको तयारीमा रहेको दक्षिण अफ्रिकी टोली पनि चकित भएको जनाइएको छ । ठूला प्रतियोगितामा राम्रो टोली र प्रदर्शन भएबापत दक्षिण अफ्रिका र डि भिलियर्स केही उपाधि भने जित्न असफल रहेका छन् ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.