8 years ago
May 23, 2018
कोलकाता (एजेन्सी) – कोलकाता नाइट राइडर्सले एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाउन सफल भएको छ। अब फाइनलको स्थानका लागि दोस्रो क्वालिफायर्समा एलिमिनेटरको विजेता कोलकाता र पहिलो क्वालिफायर्समा पराजित सनराइजर्स हैदराबाद भिड्नेछन्।
कोलकाताको घरेलु मैदानमा भएको खेलमा राजस्थानले टस जित्दै बलिङ गर्ने निर्णय गरेको थियो। कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। कप्तान दिनेश कार्तिकले सर्वाधिक ५२ रन बनाए भने एण्ड्रेउ रसेल ४८ रनमा अविजित रहे।
१ सय ७० रनको लक्ष पाएको राजस्थानले विकेट जोगाउन सफल भएपनि रन बनाउन सकेन। मात्र ४ विकेट गुमाएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ४४ रन बनाएपछि प्रतियोगिताबाट बाहिरियो। यो सिजन कोलकाता र राजस्थानको तेस्रो भेटहो जसमा तीनै खेलमा राजस्थानले हार बेहोरेको छ।
यसअघि हैदराबादलाई पराजित गर्दै चेन्नईले फाइनलमा स्थान बनाइसकेको छ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]