8 years ago
May 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाका अनुसार नेपालले नेदरल्यान्ड्सलाई यसका लागि प्रस्ताव गरेको छ ।

इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एक दिने टि-ट्वान्टी त्रिकोणात्मक श्रृखंला हुँदैछ । उक्त शृंखलामा नेपाल र नेदरल्यान्ड्सको खेल टि-२० अन्तर्राष्ट्रिय हुनेछ । त्यसलगत्तै नेदरल्यान्ड्स र नेपालबीच २ खेलको ओडीआई शृंखलाको लागि क्रिकेट खेल्ने गरि नेपालले प्रस्ताव पठाएको प्रशिक्षक टमाटाले जनाएका छन् ।
‘लर्डसमा त्रिकोणात्मक श्रृखंलाको तय भएलगत्तै हामीले नेदरल्यान्ड्ससँग एक दिवसिय खेल्नका नेपालका लागि आइसीसी प्रतिनिधि भावना घिमिरे मार्फत प्रस्ताव पठाएका हौं,’ प्रशिक्षक टमाटाले भने, ‘यद्दपी खेल्ने नखेल्ने विषयमा हामीलाई औपचारिक जानकारी आएको छैन । नेदरल्यान्ड्सका केहि सञ्चारमाध्यमले भने नेपाल र नेदरल्यान्ड्सबीच अगस्टको १ र ३ मा एक दिवसिय खेल हुने उल्लेख गरेका छन् ।’
केहि महिनाअघि सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपालले अर्को वर्ष आयोजना हुने विश्व कपका लागि छनोट हुन असफल भएपनि नेपालले चार वर्षको लागि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको थियो । त्यसपछि नेपालले खेल्ने खेलबारे औपचारिक सूचना केहि प्राप्त भएको छैन ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]