8 years ago
May 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले एक्सेल्सिया प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार प्रदेश २ लाई ५५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको आर्मीले औसत प्रदर्शन गर्दै प्रदेश २ लाई २ सय ४५ रनको लक्ष्य दिएको थियो । सोमपाल कामीले आर्मीको लागि ४१ रन जोड्दै ३ विकेट लिए ।

इनिङ्सको तीन बल बाँकी रहँदा अलआउट भएको आर्मीका लागि राजु रिजालले सर्वाधिक ५० रन जोडे । उनले ८५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ओपनर सागर पुनलाई ८ रनमै गुमाएको आर्मीलाई अर्का ओपनर अनिल मण्डलले ३५ रन प्रहार गर्दै सम्हालेका थिए । कप्तान विनोद भण्डारीले १६ बलमा ४ चौका र १ छक्कासहित २३ रन जोड्दा नरेश बुढाएर दोस्रो बलमै खाता नखोली बोल्ड भए । मध्यक्रममा राजेश पुलामी मगरले ४० तथा सोमपाल कामीले ४१ रन बनाए । सोमपालले २८ बलमा २ चौका र १ छक्का प्रहार गरे । प्रदेश २ का दिभ्यान्शु मालिकले ३ तथा रशिद खान, सम्साद धेख र महबुब आलमले २-२ विकेट लिए ।
जवाफमा उत्कृष्ट सुरुआत पाएको प्रदेश २ ले मध्यक्रममा सम्हालिन नसक्दा ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन मात्र जोड्न सक्यो । दोस्रो इनिङ्समा दुई पटक वर्षा भएपछि प्रदेश २ ले ४० ओभरमा २ सय ३८ रनको लक्ष्य पाएको थियो । एक समय ७१-१ को स्थितिमा रहेको प्रदेश २ एक समय १०९-८ को स्थितिमा पुगेको थियो । शीर्षक्रममा ओपनर हरिशंकर साह ३४ र हसिम अन्सारीले २८ रन जोडे । रशिदले ३४ रन जोड्दा सुरज पटेल ४८ रनमा नटआउट रहे । उनले ४८ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।
आर्मीका सोमपालले ३ तथा सुसन भारी, सगर पुन र साहब आलमले २-२ विकेट लिए । प्रतियोगितामा आर्मीको यो पहिलो खेलमै पहिलो जित हो । प्रदेश २ ले भने तेस्रो खेल सकिँदा एक जित मात्र हासिल गर्न सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]