default_image

8 years ago

June 4, 2018

सन्दीपले खेल्ने क्यानाडा ग्लोबल टि२० कस्तो प्रतियोगिता हो ?

159 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)-  क्यानाडा क्रिकेटले यसै वर्षदेखि अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मिलित गरेर फ्रान्चाइज पद्दतिमा ट्वान्टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार सम्पन्न ड्राफ्टका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा मोन्टरेल टाइगर्सबाट खेल्ने भएका छन् ।

आइतबार भएको ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्टरेलको टोलीले खरिद गरेको हो । ६ टोलीको सहभागिता रहने प्रतियोगिता जुनको अन्तिम साताबाट सुरु हुनेछ । सन्दीपको टोलीबाट श्रीलंकाका लासिथ मालिंगा, वेस्ट इन्डिजका सुनिल नारायण, श्रीलंकाकै थिसारा परेरा, पाकिस्तानका मोहमद हफिज, वेस्ट इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजा लगायतका खेलाडी छन् ।

यस प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । वेस्ट इन्डिजको एक टोलीबाहेक टोरोन्टो नेसनल्स, भ्यानकुभर नाइट्स, एडमन्टन रोयल्स र विनिपेग हक्स रहेका छन् । प्रतियोगिता जुन २८ देखि जुलाई १५ सम्म मेपल लिफ क्रिकेट क्लबको मैदानमा हुनेछ । प्रत्यक टोलीमा १६ खेलाडी रहनेछन् ।

विश्व क्रिकेटका चर्चित खेलाडीहरुले पनि यस प्रतियोगितामा सहभागिता जनाउँदै छन् । पाकिस्तानका पूर्वकप्तान शहिद अफ्रिदी र अस्ट्रेलियन ओपनर क्रिस लिन रोयल्सबाट खेल्दैछन् भने वेस्ट इन्डिजका पूर्व कप्तान ड्यारेन स्यामी र अस्ट्रेलियन स्टिभ स्मिथ नेसनल्सको जर्सीमा हुनेछन् । वेस्ट इन्डिजका ड्वेन ब्राभो र लेन्डल सिमन्सले अस्ट्रेलियन ओपनर डेविडवार्नरसँग हक्सको ड्रेसिङ रुममा हुनेछन् । नाइट्सले वेस्ट इन्डिजका ओपनरद्वय क्रिस गेल र एभिन लेविससँगै आन्द्रे रसललाई समेटेको छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.