7 years ago
July 14, 2018
लर्डस् (एजेन्सी)– इङ्ल्यान्डले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ८६ रनले पराजित गरेको छ । यो सँगै तीन एक दिवसिय क्रिकेट श्रृखंलामा १–१ को बराबरी भएको छ । मंगलबार हुने तेस्रो तथा अन्तिम खेल निर्णायक हुने भएको छ । पहिलो खेल भारतले जितेको थियो ।
शनिबार ३ सय २३ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३६ रनमा अलआउट भएको थियो । टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले जो रुटको शतक तथा तथा कप्तान इयान मोर्गान र डेभिड विली (अविजित)ले अर्धशतक बनाएपछि ७ विकेट गुमाउँदै ३ सय २२ रनको ठूलो योगफल तयार पारेको थियो ।
रुटले १ सय १६ बलमा अविजित १ सय १३ रन बनाउँदै इङ्ल्यान्डलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । एक दिवसिय क्रिकेटमा १२ शतक पुरा गर्ने क्रममा रुटले ८ चौका र १ छक्का प्रहार गरे । विलिले ३१ बलमा अविजित ५० रन बनाए । कप्तान मोर्गानले ५१ बलमा ४ चौकार १ छक्कासहित ५३ रन जोडे । भारतका लागि कुलदीप यादवले ३, उमेश यादल, हार्दिक पाण्डेया र युजभेन्द्र चाहालले समान १ विकेट लिए ।
जवाफमा भारतको सुरुवात राम्रो हुने सकेन । कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । टोलीका लागि सुरेश रैनाले सर्वाधिक ४६ रन जोडे । कप्तान विराट कोहलीले ४५, पूर्व कप्तान महेन्द्र सिंह धोनीले ३७ र ओपनर शिखर धवनले ३६ रन बटुले । अर्को ओपनर रोहित शर्माले १५ रन बनाए भने हार्दिक पाण्डेयले २१ रन जोडे । घरेलु टोलीका लागि लियम प्लुङकेटले ४, विली र अदिल रसिदले समान २ तथा मार्क उड र मोइन अलिले समान १ विकेट लिएका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]