7 years ago
August 25, 2018
जसले नेपाली क्रिकेटलाई गल्लीदेखि अन्तर्राष्ट्रिय मन्चसम्म पुर्याए
जगदीश्वर पाण्डे
‘मिहिनेत गरे सफलताको सिढी चढ्न सकिन्छ’ भन्ने कसैलाई सिक्नु छ भने क्रिकेटर शक्ति गौचनलाई हेरे पुग्छ । शक्ति आफैंमा ‘गड गिफ्टेड’ खेलाडी होइनन्, क्रिकेट टोलीका उनका साथीहरु मान्छन् । ‘शक्ति जे जति राम्रा खेलाडी भएका छन्, पूर्ण रुपमा उनी आफ्नो मिहिनेतले गर्दा नै हुन्,’ उनीहरुको भनाइ छ ।

यिनै शक्तिले नेपाली क्रिकेटको करिब दुई दशक लामो यात्रा खेलाडीको रुपमा बिट मार्ने निर्णय गरेका छन् । उनले बिदा लिएपनि अन्य खेलाडीले भने उनले खेलप्रति देखाएको आस्था, मिहिनेत र टिमलाई अघि बढाउन गरेको लगातारको संघर्षलाई सम्झिरहने छन् । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले भनेका छन्,‘हामी शक्ति दाईलाई सधै सम्झिरने छौं ।’ नेपाली क्रिकेट प्रेमीहरूले पनि कप्तान पारसले जस्तै शक्तिलाई सधै नेपाली क्रिकेटको ‘शक्ति’ को रुपमा सम्झिरहनेमा कुनै दुई मत नहोला ।
शक्तिले भर्खरै सन्यास लिए, अन्तर्राष्ट्रिय क्रिकेटबाट । नेदरल्यान्ड्सविरूद्ध लेखेको पहिलो एकदिवसीय खेल शक्तिको नेपाली राष्ट्रिय टिममा अन्तिम खेल थियो ।
संयोग भनौ या बिडम्बना । नेपालले २२ वर्षे आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर पहिलो खेल खेलिरहँदा शक्तिको भने क्रिकेट टोलीबाट विदेशमा अन्तिम खेल थियो । नेपालको एकदिवसीय डेब्यु खेल शक्तिको लागि भने करिअरकै वानडे डेब्यु तथा अन्तिम खेल थियो ।

त्यो कुनै पनि खेलाडीका लागि यस्तो स्थिती थियो, जसमा न उ रुन सक्थ्यो, न हास्न नै । शक्ति भने आफ्नै शैलीमा खेल अघि र पछि पनि मुस्कुराई रहे । उमेरले तीन दशक पार गरिसकेका शक्तिले मुख खोले,‘मैले सन्यास लिने बेला भएको छ । नयाँ राम्रा भाईहरू आएका छन् । उनीहरूले मेरो स्थानमा खेल्दै राम्रो गर्छन् भन्नेमा म पूर्ण विश्वत छु । ’
नेपालले खेलेको पहिलो एकदिवसीय खेल खेल्दै संन्यास लिनु परेर शक्तिलाई के भयो त ? उनले नै लामो समयदेखि नेपाली टिममा गरेको प्रदर्शनको कारणले हाल नेपाली टिम यो स्तरसम्म पुग्न सफल भएको हो ।
आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–५ बाट एकदिवसीय मान्यता प्राप्त टिमसम्मको यात्रामा उनले खेलेको भूमिकालाई कसैले नकार्न सक्दैन । अझ विशेष सम्झना त शक्तिले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–ट्वान्टी विश्वकपमा विकेट लिएर दौडदै गरेको सेलिब्रेसनको रहनेछ । शक्ति दौडदै गर्दा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका कमेन्टेटरले ‘शक्ति द पावर’ भन्दै विश्व क्रिकेटमै नेपाललाई चिनाएको पल कसले पो भुल्न सक्छ ।

आफू जत्रै क्रिकेट ब्याट उचाल्ने जोखिम बोक्दै कलिलै उमेरमा ब्याट्सम्यानको रुपमा नाम बनाएर नेपाली क्रिकेटमा छिरेका शक्ति खेल करिअरको उत्तरार्धमा नेपालकै एक उत्कृष्ट बलरको रुपमा आफ्नो पनि नाम लेखाउन सफल रहे । नेपाली क्रिकेटको हरेक पाइलामा साथ रहेका शक्ति अब टोलीसँग रहने छैनन् ।
एक वाक्यमा नेपाली क्रिकेटमा शक्तिले गरेको योगदानलाई भन्नु पर्दा ‘शक्तिले नेपालका गल्लीमा मात्र समिति नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मन्चमा पुर्याउने काम गरे’ भन्न सकिन्छ ।
(यो लेख पत्रकार जगदीश्वर पाण्डेको ब्लग ‘चेकनेपालब्लगस्पटडटकम’ बाट लिइएको हो । ‘विश्व टी–ट्वान्टी क्रिकेटका सारथीहरू’ पुस्तकका लेखक पाण्डे हाल अंग्रेजी पत्रिका द हिमालयन टाइम्समा राजनीतिक ब्यूरोमा प्रिन्सिपल करेसपोन्डेन्टका रुपमा कार्यरत छन् ।)
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]