10 years ago
February 21, 2016
काठमाण्डौ, फागुन ९ गते
आउदो फागुन २२ गतेबाट क्रिकेटको शहर धनगढीमा सुरु हुनेधनगढी क्रिकेट लिग (डिसिएल) भाग ३ लाई मुख्य प्रयोजकका रुपमा सगरमाथा सिमेन्टले साथ दिने भएको छ ।
आईतबार राजधानीमा आयोजक धनगढी क्रिकेट एकेडेमी र मुख्यप्रयोजक सगरमाथा सिमेन्ट विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सगरमाथा सिमेन्टले मुख्य प्रयोजक गरेवाफत आयोजकलाई १० लाख रुपैया दिने भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले सगरमाथा सिमेन्टको साथले धनगढी क्रिकेट लिगलाई अझ भव्य बनाउान सहयोग पुर्याउान मदत पुग्ने बताउनु भयो ।
धनगढीलाई सीटी अफ क्रिकेट बनाउान सवैकोभुमिका महत्वपुर्ण छ, त्यसबाट हौसिदैआयोजकले नेपालमै पहिलो पटक अक्सन मार्फत खेलाडीहरु प्रतियोगितामा भित्र्याएका छौ र सगरमाथाकोसाथले हामीलाई प्रतियोगिताको निरन्तरतामा ठुलो सहयोग पुऱ्याउाने विश्वास लिएका छन ।
सगरमाथा सिमेन्टका निर्देशक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गर्दै धनगढी क्रिकेट लिगमा जोडिन पाउदा आफुहरु निकै खुशी भएको बताए । सीटी अफ क्रिकेट धनगढीले छोटो समयमा गरेको क्रिकेट विकासबाट हामी निकै प्रभावित भई स्वस्फुर्त रुपमा प्रतियोगितामा जोडिएका हौ उनले थपे ।
नेपाली नेशनल टीमका कप्तान पारस खड्काले डिसिएल ३ प्रतियोगितालेनेपाली क्रिकेटको विकासका लागी नौलो अभ्यास गरेकाले सफलताको शुभकामना दिनुभयो । त्यस्तै ओलम्पियन दिपक विष्टले प्रतियोगिता देशकै गौरव भएको बताए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]