7 years ago
September 19, 2018
दुवई (एजेन्सी) – उपाधिका दावेदार भारतले युएईंमा जारी एसिया कपको समूहको खन्तिम खेलमा सहज जित निकालेको छ । भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै समूह विजेताको रुपमा सुपर लिगमा स्थान पक्का गरेको छ ।
पाकिस्तानले दिएको १ सय ६३ रनको मध्यम लक्ष्य भारतले २९ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । मजबुत शुरुवात गरेको भारतका लागि ओपनर रोहित शर्माले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ४६ रन बनाए । पहिलो विकेटका लागि रोहित र धवनले ८६ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए ।
टिमले १ सय ४ रन बनाउदा दोस्रो विकेटको रुपमा शिखर धवन आउट भए । त्यसपछि क्रिजमा आएका अम्बाती रायडु र दिनेश कात्र्तिक समान ३१ रनमा अविजित रहे । पाकिस्तानका फहिम अस्राफ र सादव खानले समान १ विकेट लिए ।
यसअघि दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४३ ओभर १ बलमा १ सय ६२ रनमा अलआउट भयो । खराव शुरुवात गरेको पाकिस्तानका लागि बाबर अजामले ४७ रन तथा शोएव मल्लिकले ४३ रन जोडेपनि अन्य ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेन । फहिम अस्राप २१ तथा मोहम्मद अमिर १८ रनमा अविजित रहे ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । भारतका भुवनेश्वर कुमार र केदार जादभले समान ३ विकेट लिए । जसप्रित बुमराहले २ तथा कुलदीप यादवले एक विकेट लिए ।
दुई जितसँगै भारत ४ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो । १ जित र १ हार बेहोरेको पाकिस्तना समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । पाकिस्तानले हङकङलाई पराजित गर्न सफल भएको थियो ।
प्रतियोगितामा बिहिबार समूह ‘बी’ को बंगलादेश र अफगानिस्तानबीच खेल हुनेछ । विजयी हुने टोली समूह विजेताको रुपमा अघि बढ्नेछ । पराजित हुने टोलीले सुपर लिगमा स्थान बनाउने छ ।
सुपर लिगमा प्रवेश गरेका चार टोलीले फेरि एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]