default_image

7 years ago

September 21, 2018

रशिदको अलराउन्ड प्रदर्शनमा अफगानिस्तान विजयी

128 views

0 Bookmark

यूएई (एजेन्सी) – अफगानिस्तानका युवा स्टार रशिद खान ब्याटिङ र बलिङ दुवै पक्षमा चम्किएपछि अफगानिस्तानले एसिया कप अन्तर्गत अन्तिम लिग खेलमा बंगलादेशलाई १ सय ३६ रनले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १  सय १९ रनमा समेटियो ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५५ रन जोडेको थियो । ४१ औं ओभरमा १६०-७ को स्थितिमा रहेको अफगानिस्तानलाई रशिद र गुल्बदीन नाइबको अविजित साझेदारीले उकासेको थियो । यी दुइले आठौं विकेटका लागि ५५ बलमा अविजित ९५ रन जोडेका थिए । नाइबले ३८ बलमा ५ चौकाको मदतले नटआउट ४२ रन बनाए । रशिदले अर्धशतक जोड्ने क्रममा ३२ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गर्दै ५७ रनमा नटआउट रहे ।

त्यसअघि मध्यक्रमका ब्याट्सम्यान हस्मतुल्लाह शाहिदीले ५८ रन जोड्दै इनिङस सम्हालेका थिए । उनले ९२ बल खेल्दै ३ चौका हने । ओपनर मोहमद सहजादले ४७ बलमा ४ चौकासहित ३७ रनको योगदान दिए । समिउल्लाह शेनावारीले १८ रन र मोहमद नाबीले १० रन जोड्दा कप्तान अश्गर अफगान र इहसानउल्लाहले ८-८ रन जोडे । बंगलादेशका लागि शाकिब अल हसनले ४, अबु हैदरले २ तथा रुबेल होसेनले १ विकेट हात पारेका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले अफगानिस्तानको स्पिन आक्रमणको सामना गर्न सकेन । शकिब अल हसनले ३२, महुमुदुल्लाहले २७ तथा मोसादेक होसैनले नटआउट २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक छुन सकेनन् । महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको खेलमा बंगलादेशको ब्याटिङ निकै फितलो रहयो । अफगानिस्तानका लागि रशिद, मुजिब उर रहमान र नाइबले २-२ विकेट लिए । अफताब आलम, मिहमद नाबी र रहमत शाहले १-१ विकेट हात पारे ।

यस नतिजासँगै एसिया कपको शीर्ष ४ टोलीको टुङ्गो लागेको छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा अर्को समूहबाट अफगानिस्तान र बंगलादेश अगाडी बढेका छन् । सुपर चार चरणमा सबै टोलीले एक अर्काको सामना गर्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.