7 years ago
September 21, 2018
युएई (एजेन्सी)– युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा बंगलादेशले भारतलाई १ सय ७४ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा अल आउट हुदैँ मात्र १ सय ७३ रन बनाउन सक्यो ।
बंगलादेशका लागि महमूदुल्लाह ५३ बलमा ३ चौकाको सहयोगमा २५,मेहदी हसन मिराजले ५० बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४२ रन बनाए । कप्तान मशरफे मुर्तजा २६,मुशफिकुर रहीम २१,सबिक अल हसनले १७ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले भारतीय बलर सामु लामो समय क्रिजमा टिकेर ब्याटिङ गर्न सकेनन् ।
बंगलादेशका ५ जना ब्याटम्यानले दोहारो अंकमा रन जोड्न सकेनन् । बंगलादेशलाई सस्तैमा रोक्न भारतका लागि रविन्द्र जडेजाले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार र जसप्रित बुमराले समान ३ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]