10 years ago
March 5, 2016
काठमाडौं, फागुन २२ नेपाल पुलिस क्लबले ‘प्रथम रुस्लान कप–२०७२’को उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा पुलिसले अर्काे विभागीय त्रिभुवन आर्मीलाई ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।
आर्मीले दिएको १३१ रनको मध्यम लक्ष्य पुलिसले १९.२ ओभरमा ७ विकेट गुमाउदै पुरा ग¥यो । पुलिसको जितमा मध्यक्रमका ब्याट्सम्यान सिद्धान्त लोहनीले अविजित ४७ रनको योगदान दिए । आक्रमक ब्याटिङ गरेका लोहनीले २० बलमा एक चौका र ५ छक्काको मद्दतमा ४७ रन जोडे । योगेन्द्र कार्की १५ रनमा अविजित रहँदा अमित श्रेष्ठ २६ रनमा रनआउट भए । ओपनर ब्याट्सम्यान सुनिल धमला १० रनमा आउट भए । आर्मीका चन्द्र साउदले तीन विकेट लिए । सोमपाल कामी, सागर पुन र विक्रम सोवले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रनको योगफल तयार पारेको थियो । आर्मीका अनिल मण्डलले ३२ रन जोडे । शरद भेषवाकर २३ रनमा पभेलियन फर्कदा सोमपाल कामी २० तथा राजु रिजाल १८ रनमा आउट भए । यस्तै विनोद भण्डारीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको योग छुन सकेन । आर्मीलाई मध्यम स्कोरमा रोक्न दिपेन्द ऐरी एक्लैले पाँच विकेट लिए । मञ्जित श्रेष्ठले दुई विकेट लिदा सुनिल धमलाले पनि एक विकेट हात पारे ।
विजेता बनेको पुलिसले ट्रफीसहित २ लाख रुपैया प्राप्त गरे । उपविजतेतामा चित्त बुझाएको आर्मीले १ लाख प्राप्त गरे ।
त्रिभुवन आर्मीका सागर पुन प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । नेपाल पुलिसका सुनिल धमला वेष्ट ब्याट्सम्यान तथा पुलिसकै मञ्जित श्रेष्ठ वेष्ट बलर चुनिए । उनीरुले समान ८–८ हजार प्राप्त गरे । पुलिसकै सिद्धान्त लोहनी प्रतियोगितामा सर्वाधिक छक्का हान्ने खेलाडी भए । एपिएफका सुवास खकुरेल प्रतियोगितामा छिटो अर्धशतक बनाउने खेलाडी चुनिदा आर्मीका विनोद भण्डारी बबाल क्याच गर्ने खेलाडी चुनिए । उनीहरुले समान एक–एक हजार प्राप्त गरे ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]