7 years ago
October 4, 2018
एजेन्सी – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई २ रनको झिनो अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको छ ।

भारतले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य पक्ष्याएको बंगलादेश ४६ ओभर २ बलमा अल आउट हुँदै मात्र १ सय ७० रन बनाउन सक्यो । बंगलादेशका लागि एमडी शमीम होसैन ५९,एमडी अकबर अली ४५ र महमूदुल हसन जयले २५ रन बनाउँदै टोलीको हार टार्न खोजे पनि अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा घरेलु मैदानमै सेमिफाइनलबाट बाहिरिनु परेको हो । बंगलादेशलाई सस्तैमा रोक्दै भारतलाई फाइनलमा पुर्याउन मोहित जन्ग्रा र सिद्धार्थ देसाईले समान तीन विकेट लिदाँ हर्ष त्यागिले २ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४९ ओभर ३ बलमा अल आउट हुँदै मात्र १ सय ७२ रन बनाउन सकेको थियो । उस्का लागि अनुज राउत ३५, यशस्भी जैसवाल ३७,आयुष बडोनी २८ र समिर चौधरीले ३६ रन बनाउन बाहेक अन्य कुुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । बंगलादेशका एमडी शोरिफुल इस्लाम ३,मोहम्मद मित्तुनजय,मोहमम्द रसिद र कप्तान एमडी ताहिद हिराइडले समान दुई विकेट लिएपनि टिमलाई जिताउन सकेनन् । अब भारतले उपाधिको लागि शुक्रबार हुने अफगानिस्तान र श्रीलंकाबीचको विजेतासँग अक्टोबर ७ मा खेल्ने छ ।
जारी यू–१९ एसिया कपमा नेपाली टोलीको पनि सहभागिता रहेको थियो । समुह चरणमा भारतसँग १ सय ७१ र अफगानिस्तानसँग ३ विकेटले पराजित हुदैँ समुह चरणबाटै बाहिरिएको हो । समुह चरणको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गर्दै एसिया कप सुखद अन्त्य गरेको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]