7 years ago
October 5, 2018
एजेन्सी – पाकिस्तानसँग हुने तीन टी–२० क्रिकेट श्रृंखलाको लागि अष्ट्रेलिया क्रिकेट बोर्डले अारोन फिन्चको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । श्रृंखला आगमी २४ अक्टोबरबाट युएईमा सुरु हुने छ ।

फिन्चले यस अघि पनि टी–२० क्रिकेटको कप्तानी गरिसकेका छन् । यस अघि जिम्बाब्बे,पाकिस्तान र अष्ट्रेलिया बीचको त्रिकोणात्मक टी–२० श्रृखलामा कप्तानी गरेका थिए । अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ र उप कप्तान डेविड वार्नरले साउथ अफ्रिकाबीचको तेस्रो टेस्ट खेल दौरानमा बल टेम्परिङ गरेको पुष्टि भएपछि दुबै खेलाडीलाई एक बर्षको अन्तर्राष्ट्रिय खेल प्रतिबन्ध लागेको छ । जुन आगामी फागुनमा मात्र फुकुवा हुने छ ।
सिमित ओभरका खेलमा हिरो मानिने फिन्च आगमी अक्टोबर ७ देखी सुरु हुने पाकिस्तानसँगको दुई टेस्ट श्रृंखलामा पहिलो पटक टेस्ट क्रिकेटमा डेब्यू गर्दै छन् । त्यस्तै टोलीमा ग्लेन म्याकसवेल, मिचेल स्टार्क,लेथन लायन, नाथन कुल्टर नाइल, एन्ड्रयू टाई, एडम जाम्पा र बिली स्टेनलेकले पनि कमब्याक गरेका छन् ।
यस्तो छ अष्ट्रेलियाको १५ सदस्य टोली :
अारोन फिन्च (कप्तान), मिच मार्श (उप कप्तान) ग्लेन म्याकसवेल,मिचेल स्टार्ट,लेथन लायन, नाथन कुल्टर नाइल,एन्ड्रयू टाई, एडम जम्पा,बिली स्टेनलेक,एलेक्स करी,एश्टन अगर,क्रिस लायन,बेन मौरडरकोट र डी आर्सी शर्ट रहेका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]