7 years ago
October 5, 2018
राजकोट (एजेन्सी) – वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले ५ सय ५५ रनको विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल समाप्तीमा वेस्ट इन्डिज ९४–६ को कमजोर स्थितिमा रहेको छ । पहिलो इनिङमा भारतका ३ ब्याट्सम्यानले शतक प्रहार गर्दा २ ले अर्ध शतक पुरा गरेका थिए ।
खेलाडीको सामूहिक प्रदर्शनपछि भारतले घरेलु मैदानमा ९ विकेटको क्षेतिमा ६ सय ४९ रन जोड्दै इनिङ्स समाप्तीको घोषणा गरेको थियो । भारतलाई पहिलो इनिङ्समै ठूलो स्कोर बनाउन कप्तान विराट कोहली,पृथ्वी शा र अलराउण्डर रविन्द्र जडेजाले शतक पुरा गरे । ऋषभ पन्त र चेतेश्वर पुजराले अर्ध शतक बनाए ।
शा ले १ सय ५४ बलमा १९ चौका प्रहार गर्दै १ सय ३४, कोहलीले २ सय ३० बलमा १० चौका प्रहार गर्दै १ सय ३९ र जडेजाले १ सय ३२ बलमा समान ५ छक्का र चौका प्रहार गर्दै १ सय रन बनाएपछि भारतले ठूलो स्कोर बनाएको थियो । जडेजाको खेल जीवनमा यो पहिलो टेस्ट शतक थियो भने कोहलीको २४ औँ शतक थियो । शा को डेब्यू शतक हो ।
त्यस्तै ऋषभ पन्त ९२ र पुजराले ८६ रन बनाएपछि भारत दोस्रो दिनै वेस्ट इन्डिजबीरुद्ध ठूलो स्कोर खडा गरेको हो । इन्डिजका देबेन्द्र बिशूले ४ तथा शेरमान लुईसले २ विकेट हात पारे । दोस्रो दिनको अन्तिम सत्रमा २९ ओभर ब्याटिङ गरेको वेष्ट इन्डिजले ९४ रन बनाउन ६ विकेट गुमाएको अवस्थामा दोस्रो दिनको खेल सकिएको छ ।
वेस्ट इन्डिज अझैँ पहिलो इनिङमै ५ सय ५५ रनले पछि रहेको छ । वेस्ट इन्डिजका चेस्टन रोस २७ र किमो पाल १३ रनमा नट आउट रहदैँ भारतीय बलर सामु रन बनाउन संघर्ष गरि रहेका छन् । भारतका लागि मोहमम्द सामीले २ स्पिनरद्वय कुलदिप यादव,रविचन्द्र आश्विन र जडेजाले समान १ विकेट लिएका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]