7 years ago
October 5, 2018
ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको उपाधिको लागि भारत र श्रीलंका भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गर्दै फाइनलमा भारतसँग भेट पक्का गरेको हो । भारतले पहिलो सेमिफाइनलमा बिहिबार आयोजक बंगलादेशलाई २ रनको झिनो अन्तरले पराजित गर्दै यस अघिनै फाइनल प्रवेश गरि सकेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९ रन बनाउन सक्यो । श्रीलंकाका लागि न्यूवाइडु फ्रनान्डोले उत्कृष्ट शतक प्रहार गरे । उनले १ सय २९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै १ सय ११ रन बनाए । श्रीलंकाका अन्य निपुन धनान्जय २७,कालाना पेरेरा २२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
अफगानिस्तानका अब्दुल रहमान ३ विकेट लिए पनि जितको लागि प्रयाप्त हुन सकेन । २ सय १० रनको लक्ष्य पक्ष्याएको अफगानिस्तान ४८ ओभर ३ बलमा अल आउट हुदैँ १७८ रन मात्र बनाउन सक्यो । उस्का लागि रमानुल्लाह गुरबाज ४६,इजाज अहमद ३७, बाासिर खान २७,आरिफ खान २० र रियाज हसनले १५ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
श्रीलंकाका शिखा दुलसानले ४ तथा नबोद दिनुश्री र कालरा शामिन्डा सेनारत्नले समान दुई दुई विकेट लिए । अव श्रीलंकाले उपाधिको लागि भारतसँग आगमी अक्टोबर ७ अर्थात आइतबार भारतसँग भिड्ने छ । जारी यू–१९ एसिया कपमा नेपाली टोलीको पनि सहभागिता रहेको थियो । समुह चरणमा भारतसँग १ सय ७१ र अफगानिस्तानसँग ३ विकेटले पराजित हुदैँ समुह चरणबाटै बाहिरिएको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]