7 years ago
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा मलेसियाबीरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ ।
बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन । उपाधिको एक्लो दाबेदार नेपाललाई जारी प्रतियोगितामा अलि टक्कर दिन सक्ने टोली मलेसिया हो ।
अन्यसबै टोली नेपालले प्रतिस्पर्धा गर्ने भन्दा पनि क्रिकेट सिकाउने जस्ता रहेका छन् । सन् २०१० मा नेपाल र मलेसिया एउटै स्तरका टोली थिए । यी दुवै डिभिजन ५ मा सँगै खेल्थे । तर पछिल्लो ८ बर्षमा नेपाल र मलेसिया क्रिकेटको रफ्तार आकाश पातलको फरक छ ।
नेपाली क्रिकेटको रफ्तार दिनप्रति दिन बढ्दो छ भने मलेसियाको पुरानै स्तरमा रहेको छ । मलेसिया डिभिजन ४ मै कायम रहँदा नेपालले वा डे मान्यता पाई सकेको छ । तर मलेसियाले एक महिना अघि मलेसियामानै सम्पन्न एसिया कप छनोट प्रतियोगितामा नेपाललाई कडा टक्कर दिएको थियो । पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]