7 years ago
October 6, 2018
एजेन्सी – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको छ ।
बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुदैँ १०० रन बनाउन सकेको हो । पहिलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले ५ ओभरमा ३० रन को साझेदारी गर्दै गतिलो सुरुवात गरेका थिए । ४ ओभर ५ बलमा सन्दीप लामिछानेले सायिद अजिजलाई विकेट किपर बिनोद भण्डारीको हातबाट क्याच आउट गराउदैँ १३ रनमा पेभिलिएनको बाटो देखाए पछि नेपाल खेलमा फर्किएको थियो ।
त्यस्तै तेस्रो विकेटको लागि शरिफ र अमिदले ३९ को साभेदारी गर्दै बलियो स्थिीतीमा पुयाएउने कासिस गरेका थिए । ११ ओभर १ बलमा सोमपाल कामीले अमिद फैजलाई ७ रनमा पेभिलिएन फर्काएपछि नेपाल पूर्ण रुपमा खेलमा फर्किएको थियो । कुनै समय ११ ओभर १ बलमा ७५-३ को स्थितिमा रहेको मलेसिया १७ ओभर ३ बलमा ९४-९ को स्थिीतिमा पुगेको थियो।
उस्का लागि ओपनर शफिक शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ४९ रनमा आउट भए । शरिफलाई सन्दीपले १२ ओभर ३ बलमा सोमपालको हातबाट क्याच लिदैँ पेभिलिएन फकिएका थिए । शरिफ बाहेक मलेसियाका अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले एक्लै ५ विकेट लिए । सन्दीपले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिएका हुन् । सन्दीपले १४ ओभर २ बलमा सिजर्रल आइड्रस ० मा आउट गर्दै टी २० क्रिकेट करियरमा पहिलो पटक ५ विकेट लिएका हुन् । उनि टी २० क्रिकेटमा एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् ।
नेपालका सोमपाल कामीले ३ र कप्तान पारस खड्काले १ विकेट लिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]