7 years ago
October 6, 2018
एजेन्सी- वेस्ट इन्डिजबीरुद्धको पहिलो टेस्ट खेलमा भारत इनिङ्स अन्तरले विजयी भएको छ । राजकोटमा सम्पन्न पहिलो टेस्टको तेस्रो दिन भारत २ सय ७२ रनले विजयी भएको हो । यो भारतको इनिङ्स अन्तरमा सबै भन्दा फराकिलो जित पनि हो ।

पहिलो इनिङ्समा १ सय ८१ मा अल आउट भएको वेस्ट इन्डिजलाई भारतले पुन दोस्रो इनिङ्स सुरु गर्न दिएको थियो । दोस्रो इनिङ्स मा १ सय ९६ रनमा अल आउट भएपछि तेस्रो दिनमै भारत इनिङ्स अन्तरले विजयी भएको हो । समग्रमा वेस्ट इन्डिजले दुइ इनिङ्समा कुल ३ सय ७७ रन बनाउन सक्यो भने भारतले ६ सय ४९ मा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
पहिलो इनिङ्समा भारतका रविचन्द्र आश्विन ४ विकेट लिदाँ मोहमम्द शामीले २ विकेट लिएका थिए । वेस्ट इन्डिजको दोस्रो इनिङ ध्वस्त बनाउन भारतका कुलदिप यादवले ५ रविन्द्र जडेजा ३ र रविचन्द्र आश्विनले २ विकेट लिए । पहिलो इनिङ्समा वेस्ट इन्डिजका रोस्टन चेशले ५३ र दोस्रो इनिङमा किरण पावेलले ८३ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले भारतीय बलर सामु क्रिजमा टिकेर सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले दोस्रो दिनको दोस्रो शेसनमा ६ सय ४९ रनमा ९ विकेट गुमाउदैँ पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । भारतलाई पहिलो इनिङ्समै ठूलो स्कोर बनाउन कप्तान विराट कोहली,पृथ्वी शा र अलराउण्डर रविन्द्र जडेजाले शतक प्रहार गर्दा ऋषभ पन्त र चेतेश्वर पुजराले अर्ध शतक बनाएका थिए ।
शा ले १ सय ५४ बलमा १९ चौका प्रहार गर्दै १ सय ३४, कोहलीले २ सय ३० बलमा १० चौका प्रहार गर्दै १ सय ३९ र जडेजाले १ सय ३२ बलमा समान ५ छक्का र चौका प्रहार गर्दै १ सय रन बनाएपछि भारतले ठूलो स्कोर बनाएको थियो । जडेजाको खेल जीवनमा यो पहिलो टेस्ट शतक थियो भने कोहलीको २४ औँ शतक थियो । शा को डेब्यू शतक हो ।

त्यस्तै ऋषभ पन्त ९२ र पुजराले ८६ रन बनाएका थिए । इन्डिजका देबेन्द्र बिशूले ४ तथा शेरमान लुईसले २ विकेट लिएका थिए । डेब्यूमै खेलमाशतक प्रहार गरेका ‘शा म्यान अफ द म्याच’ घोषित भए ।
भारतको यो कुनै पनि टिमबीरुद्ध इनिङ्स अन्तरमा फराकिलो जित पनि हो । यस अघि भारतको इनिङ्स अन्तरमा सबै भन्दा फराकिलो जित अफगानिस्तानबीरुद्ध २ सय ६२ रनको थियो । भारत र बेस्ट इन्डिजबीरुद्धको दोस्रो टेस्ट अक्टोबर १२ बाट हैदराबादमा सुरु हुने छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]