7 years ago
October 7, 2018
एजेन्सी – करण केसीको उत्कृष्ट अलराउण्डर र बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेपछि मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपाल फराकिलो जित नजिक पुगेको छ ।
नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पक्ष्याएको थाइल्यान्ड ८ ओभर ५ बलमा ९ विकेट गुमाउदैँ मात्र १८ रन बनाएको अवस्थानमा खेल रोकिएको छ । खेल बर्षाको कारण रोकिएको हो । थाइल्यान्ड हार नजिक छ र औपचारिकता मात्र बाकी रहेको छ ।
उसलाई अझै ११ ओभरमा १ सय ५५ रन चाहिएको छ र हातमा मात्र १ विकेट छ । नेपालका सन्दीप लामिछानेले ५ तथा करण केसीले ३ विकेटल लिई सकेका छन् । जितको लागि नेपालको औपचारिकता मात्र बाँकी रहेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]