default_image

7 years ago

October 7, 2018

नेपाल १ सय ४० रनको फराकिलो अन्तरले विजयी

94 views

0 Bookmark

एजेन्सी- करण केसीको उत्कृष्ट अलराउण्डर प्रर्दशन र बलिङमा सन्दीप लामिछानेले पुन चम्केपछि मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टी– २० क्रिकेटमा यो नेपालको सर्वाधिक फराकिलो अन्तरको जित पनि हो ।

नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पक्ष्याएको थाइल्यान्ड ८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै १८ रन जोडेको अवस्थामा पानी परेर खेल रोकिए पछि नेपाल डिएल थर्ड मेथर्डको आधारमा विजयी भएको हो । नेपाली गुग्ली वाइ सन्दीप लामिछाने र तिब्र गतिका बलर करण केसीको बलिङ सामु थाइल्यान्डका कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकालागि सन्दीप लामिछानेले ५ र करण केसीले ३ विकेट हात पारे । थाइल्यान्डका लागि जुआऊल होक र वंचना उइसुक बनाएको समान ७ रन नै सर्वाधिक रन बन्यो ।

यस अघि बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका करण केसीले विश्फोटक ब्याटिङ गरेपछि २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाउन सकेको थियो । नेपालका लागि करण केसीले आक्रमक ब्याटिङ गर्दै सम्मान जनक स्थितीमा पुर्याउने काम गरे । अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेका उनले मात्र १४ बलमा कुल ४ छक्का र २ चौका प्रहार गर्दै ४० रनमा नट आउट रहे ।

त्यस्तै नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३०, शरद भेषवाकर २८ बलमा २ चौका प्रहार गर्दै ३४, अनिल कुमार शाहले १७ बलमा ५ चौका प्रहार गर्दै २५ रन बनाउदै आउट भए । त्यस्तै विनोद भण्डारी १५ र आरिफ शेख ८, कप्तान पारस खड्का ५, उप कप्तान ज्ञानेन्द्र मल्ल ७ र सोमपाल कामीले ४ रन बनाउन सके । थाइल्यान्डका पेपुथ सुन्गनार्डले ४ र विष्णनाथ सिंहले २ विकेट लिएका थिए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.