7 years ago
October 7, 2018
युएई (एजेन्सी) – अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पाकिस्तानले गतिलो सुरुवात गरेको छ । पहिलो दिनको खेल सकिदा पाकिस्तान २ सय ५५ रन बनाउन ३ विकेट गुमाएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानलाई बलियो सूरुवात दिलाउन ओपनर मोहमम्द हफिज र इमाम इक हकले उत्कृष्ट सुरुवात गरे । पहिलो विकेटको लागि यी दुई जोडीले २ सय ५ रनको साझेदारी गर्दै अस्ट्रेलियाका बलरलाई पहिलो दिन पूर्ण रुपमा दबाबमा राख्ने काम गरे । २ सय ८ बलको सामाना गरेका हफिजले १५ चौका प्रहार गर्दै १ सय २६ रन बनाए ।
त्यस्तै हकले १ सय ८८ बलमा ७ चौका र २ छक्का प्रहार गरेर ७८ रन बनाएका थिए । त्यस्तै अजर अली १८ रनमा आउट भए । क्रिजमा ह्यारिस सोलेह १५ र मोहमम्द अब्वास १ रन मा रहेका छन् । पहिलो दिन अस्ट्रेलियाका लागि पीटर सिडल,नेथन लायन र जोन होल्यान्डले समान एक एक विकेट लिए ।

December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]