7 years ago
October 7, 2018
ढाका (एजेन्सी)– भारतले एसीसी यू १९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशमा आइतबार सम्पन्न फाइनलमा श्रीलंकालाई १ सय ४४ रनले पाखा लगाउदैँ भारतले उपाधि जितेको हो ।
भारतले दिएको ३ सय ५ रनको लक्ष्य पछ्याएको श्रीलंका ३८.४ ओभरमा अल आउट हुदैँ मात्र १ सय ६० रन बनाउन सक्यो । टोलीका लागि निशान मधुशकाले ४९ ,डान पासिन्डु सन्जुलाले ३१ ,नबोद दिनुश्री ४८ र निपुन धनान्जयले १२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
श्रीलंकालाई सस्तैमा रोक्दै भारतलाई उपाधि जिताउन हर्ष त्यागीले घातक बलिङ गरे । उनले १० ओभरमा ३८ रन खर्चेर ६ विकेट लिए । त्यस्तै सिद्धार्थ देसाईले पनि दुई विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओरभमा ३ विकेटको क्षतिमा ३ सय ४ रन बनाउन सकेको थियो ।
भारत लागि यशस्वा जैसवालले ८५, अनुज राउत ५७,आयुष बादोनी ५२, प्रभा सिमरन सिंह ६५ र देभदत्त पड्कलले ३१ रन बनाएका थिए । श्रीलंकाका लागि कलना परेरा ,कालरा शमिन्डा सेनारत्न र दुनीथ नेथमिकाले समान एक विकेट लिए । यू–१९ कपमा नेपालको पनि सहभागिता रहेको थियो तर सुरुवाती खेलमा भारत र अफगानिस्तानसँग पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]