default_image

7 years ago

October 9, 2018

हङकङका तीन क्रिकेटर खेल मिलेमतोको आरोपमा निलम्बित

122 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हङकङका तीन अन्तर्राष्ट्रिय क्रिकेटरलाई १९ पटक एन्टी करप्सन कोड मिचेको आरोपमा निलम्बन गरेको छ । आरोपबारे अध्ययन भइरहेको र कुन हदसम्म कारवाही हुने अहिले नै निश्चीत भएको छैन ।

आईसीसीले इरफान अहमद, नदीम अहमद र हसिब अमजदलाई कुल १९ पटक नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरेको हो । तीनै खेलाडीले जनवरी २०१४ मा भएको सन् २०१५ को विश्वकप छनोटका खेलमा मिलेमतो गरेको आरोप लागेको छ । इरफानले २०१४ विश्वकपको जिम्बावेविरुद्ध वार्मअप खेलमा पनि मिलेमतो गरेको आरोप छ ।

इरफानलाई ९ आरोप लागेको छ भने नदीम र अमजदमाथि ५-५ आरोप छ ।विश्वकप छनोट अन्तर्गत समूह चरणमा खेलेको स्कटल्यान्ड र क्यानाडाको खेल शंकाको घेरामा राखिएको छ । दुवै खेल हङकङले जितेपनि यस खेलमा आरोप लागेको छ । इरफान र हसिबले क्यानाडाविरुद्ध जानीजानी नराम्रो खेलेको आरोप छ ।

आईसीसीले २०१६ विश्वकपको कुन खेलमा मिलेमतो भएको भन्ने खुलाएको छैन । तीनै खेलाडीमाथि खेल फिक्स गर्न खोजेको, आफ्नो क्षमताअनुसार जानीजानी नखेलेको र खेल मिलेमतोको प्रयास थाहा हुँदा पनि जानकारी नदिएको आरोप छ । इरफानमाथि अन्य दुई खेलाडीभन्दा बढी आरोप छ । उनीमाथि आर्थिक प्रलोभनमा परेर खेलको नतिजा नै बदल्न खोजेको समेत आरोप छ ।

२८ वर्षीय इरफान यसअघि साढे २ वर्ष निलम्बनमा परेका थिए । त्यसबेला उनलाई मिलेमतोको प्रस्ताव आउँदा खबर नगरेको भन्दै मिलेमतोमा भने निर्दोष सावित गरिएको थियो । तीनै खेलाडीलाई अपिलका लागि २ साता समय दिइएको छ । हसिब अमजद यसअघि नेपालमा भएको विवादास्पद एसियन प्रिमियर लिग खेल्न नेपाल आएका थिए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.