default_image

7 years ago

October 9, 2018

भुटानविरुद्ध नेपाल पहिलो ब्याटिङ गर्दै

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । भुटानले टस जितेर फिल्डीङ रोजेको हो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले ३ खेलमा ६ अंक जोडेको छ । दोस्रो स्थानको सिंगापुरले समान अंक जोडेपनि रनरेटको आधारमा दोस्रो स्थानमा छ । भुटानले भने ३ मध्ये १ खेल जित्दै २ मा पराजित भएको छ । भुटानले चीनलाई ९ विकेटले हराएको थियो । मलेसियासँग ६७ रनले र थाइल्याण्डसँग ८ विकेटले पराजित भुटान नेपाललाई कम से कम योगफलमा रोक्ने प्रयासमा हुनेछ ।

नेपालले भने तीनै खेल सहज रुपमा जितेको छ । पहिलो खेलमा म्यानमारलाई २९ रनमा अलआउट गर्दै ८ विकेटले जितेको नेपालले दोस्रो खेलमा मलेसियाको १ सय १ रनको लक्ष्य पनि ८ विकेट बचाएर जितेको थियो । थाईल्यान्डविरुद्ध १ सय ७२ रन जोडेको नेपाल वर्षा बाधक बन्द डीएल पद्दतिबाट १ सय ४० रनले विजयी रहेको थियो ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.