7 years ago
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई जितको लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको हो । नेपालका लागि ओपनर प्रदिप ऐरीले नटआउट ७५ रन जोडे । उनले ६८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । करण केसीले अन्तिम दुई ओभरमा ५ बलको सामना गर्दै नटआउट ११ रन प्रहार गरे ।
पहिलो विकेटका रुपमा इनिङसको तेस्रो बलमा विनोद भण्डारीलाई गोल्डेन डकमा गुमाएको नेपालको इनिङस प्रदिप र अनिल साहले सम्हाले । यी दुइले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । अनिलले २१ बलमा २ चौका र १ छक्काको मदतले २७ रन जोडे ।
आरिफ शेखले १५ बलमा १३ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरी १० बलमा २ चौकासहित १५ रन जोड्दै आउट भए । भुटानका लागि संजिवन गुरुङ, रमेश लिम्बू, जिग्मे सिंगे र थिन्ले जाम्सोले १-१ विकेट हात पारे ।
नेपाल लगतार ३ जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ । भुटान भने १ जित दर्ता गर्दै चौथो स्थानमा रहेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]