7 years ago
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटानका दुवै ओपनर आउट भएका छन् ।
पहिलो ओभरको दोस्रो बलमा ललितले सिंगेलाई कट बिहाईन्ड गराएका थिए । लगत्तै अर्को बलमा वाङचुक पनि करण केसीको हातबाट समातिए । पहिलो ओभर विकेट मेडन भएको थियो ।
अर्का ओपनर कुमार सुब्बा भने सन्दिप लामिछानेको बलमा आउट भए । उनी चौथो ओभरको पहिलो बलमा एलबीडब्लु भए । सन्दीपले पाँचौ बलमा जाम्सोलाई पनि शुन्यमा बोल्ड गरे ।
भुटानले ४ ओभरमा ४ विकेट गुमाउँदै ४ रन जोडेको छ । स्पिनरद्वय सन्दीप र ललितले २-२ विकेट लिएका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]