7 years ago
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ । ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७ औं ओभरमा ३३ रन जोड्दै अलआउट भएको थियो । ललित नारायण राजवंशीले इनिङसको दोस्रो र तेस्रो बलमा विकेट लिंदै नेपाललाई शानदार सुरुवात दिलाएका थिए । विकेट मेडनबाट सुरु भएको नेपालको बलिङलाई सन्दीपले निरन्तरता दिए । उनले चौथो ओभरमा दुई विकेट लिए ।
सन्दीप र ललितले सुरुवाती ८ ओभर बलिङ गर्दै ११ रन खर्चेर ६ विकेट हात पारेका थिए । सन्दीपले ४ ओभरमा २ मेडनसहित ६ रन दिंदै ३ विकेट लिए । ललितले ४ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट नै हात पारे ।
भुटानको इनिङसमा सर्वाधिक स्कोर बनाएका तेन्जिङ वाङचुक जुनियरले ११ रन जोड्नेक्रममा २ चौका प्रहार गरे । नेपालका लागि वसन्त रेग्मीले २ तथा दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले १-१ विकेट हात पारे । भुटानका ४ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको थियो । नेपालका लागि ओपनर प्रदिप ऐरीले नटआउट ७५ रन जोडे । उनले ६८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।

इनिङसको तेस्रो बलमा विनोद भण्डारीलाई गोल्डेन डकमा गुमाएको नेपालको खराब सुरुआत गरेको थियो । प्रदिप र अनिल साहले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । अनिलले २१ बलमा २ चौका र १ छक्काको मदतले २७ रन जोडे ।
मध्यक्रममा आरिफ शेखले १५ बलमा १३ रनको योगदान दिए । दिपेन्द्र १० बलमा २ चौकासहित १५ रन जोड्दै आउट भए । करण केसीले ५ बलको सामना गर्दै १ छक्कसहित नटआउट ११ रन प्रहार गरे । भुटानका लागि संजिवन, रमेश लिम्बू, जिग्मे सिंगे र थिन्ले जाम्सोले १-१ विकेट हात पारे ।
यस जितसँगै नेपाल लगातार ४ खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले बुधबार हुने खेलमा चीन र शुक्रबार अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]