7 years ago
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोटअन्तर्गत म्यानमार र मलेसियाबिचको खेलमा मलेसिया ८ विकेटले विजयी रहयो । वर्षा बाधक बनेपनि खेलमा घरेलु टोलीले जित दर्ता गर्न सफल रहेको थियो ।

पहिलो ब्याटिङ गरेको म्यानमार १०.१ ओभरमा ९ रन जोड्दै ८ विकेट गुमाएको स्थितिमा वर्षा सुरु भएको थियो । मलेसियाका पवनदिप सिंहले ४ ओभरमा ३ मेडन राख्दै १ रन खर्चेर ५ विकेट हात पारेका थिए । क्रिजमा आएका म्यानमारका १० मध्ये ७ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । वर्षा निकै समयपछि रोकिँदा मलेसियाले जितका लागि ८ ओभरमा ६ रनको लक्ष्य पाएको थियो ।
जवाफमा मलेसियाले पनि खराब सुरुआत पायो । दुवै ओपनर ४ रन छँदा टोलीको खाता नखोली पेभेलियन फर्केका थिए । तर सुहान अलगरत्नमले दोस्रो ओभरको चौथो बलमा टोलीको स्कोर ५ रन छँदा छक्का प्रहार गर्दै सहज जित दिलाए । खेलको म्यान अफ ड म्याच ५ विकेट लिएका पवनदिप सिंह भए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]