7 years ago
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले जितको लागि रनको लक्ष्य पाएको छ । पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको हो ।

चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालले ९ रन एक्स्ट्रा दिएको थियो । नेपालका लागि ललित नारायण राजवंशी, सन्दीप लामिछाने र वसन्त रेग्मीले ३-३ विकेट लिए ।
नेपालले खेलको दोस्रो ओभरमा पहिलो सफलता हात पारेको थियो । ६ रनको स्थितिमा ललित नारायण राजवंशीले सनलाई बोल्ड गरेका थिए । त्यसपछि सन्दिप लामिछानेले सातौं ओभरको दोस्रो र तेस्रो बलमा विकेट झारे । दोस्रो विकेटका लागि १५ रनको साझेदारी भएको थियो ।
आठौं ओभरमा वसन्त रेग्मीले २ विकेट लिएपछि चीन समस्यामा पारेको थियो । रेग्मीले सर्वाधिक ११ रन जोडेका यानलाई कप्तान ज्ञानेन्द्र मल्लको हात बाट क्याचआउट गराए । त्यसपछि नवौं ओभरमा सन्दीपले एचटि लीलाई शून्यमा बोल्ड गरे ।
दशौं ओभरमा वसन्तले वाईएफ झूलाई गोल्डेन डकआउट गराए । उनैले १२ औं ओभरमा य वाङलाई स्टम्पिङ आउट गराएका थिए । ललितले १३ औं ओभरमा डीजेड मालाई ५ रनमा क्याच आउट गराए । शी यू पनि ललितको बलमा बोल्ड भए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]