7 years ago
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । चीनले जितको लागि प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले दोस्रो ओभरमा पूरा गरेको हो ।

नेपालको लागि ओपनर विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि नेपालले पहिलो ओभरमा नै २१ रन जोडेको थियो । दोस्रो ओभरमा बाँकी ६ रन जोड्दै नेपाल बलमा जित हासिल गर्न सफल रहयो । नेपालका लागि विनोद भण्डारीले ८ बलमा ३ चौका र १ छक्कासहित २४ रन जोडे । प्रदिप ऐरी ४ रनमा नटआउट रहे ।
पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको थियो । चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालले ९ रन एक्स्ट्रा दिएको थियो । नेपालका लागि ललित नारायण राजवंशी, सन्दीप लामिछाने र वसन्त रेग्मीले ३-३ विकेट लिए । एउटा विकेट रनआउट भएको थियो ।
नेपालले लगातार पाँचौ जित दर्ता गर्दै अंकतालिकाको शीर्ष स्थानमा बलियो पकड बनाएको छ । चीन भने लगातार पाँचौ हारसँगै पुछारमा छ । नेपालले अब अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]