7 years ago
October 11, 2018
काठमाडौँ – मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को को छैटौ तथा अन्तिम खेलमा नेपालले शुक्रबार (भोली) सिंगापुरसँग खेल्नेछ ।

खेल नेपाली समय अनुसार दिउँसो १२ :१५ बाट मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सूरु हुने छ । उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालको नजर सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुम्ने नै हुने छ । दुबै टोलीले समान ५ खेलमा समान ५ मा जित निकालेका छन् ।
अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् । जारी प्रतियोगितामा नेपाललाई अलि टक्कर दिन सक्ने टोली सिंगापुरनै हो । तर नेपाल भन्दा कमजोर हो । पछिल्लो समय डिभिजन ४ को फ्रम्यार्टको क्रिकेट खेली रहेको सिंगापुर र वान डे मान्यता पाएको नेपालको खेल स्तर आकाश पातलको फरक रहेको पाइन्छ । सिंगापुरले पनि अघिल्लो चरण पक्का गर्दा भुटान र थाईल्यान्ड मध्य एक टोलीको टुङ्गो लाग्न बाँकी रहेको छ ।

यस्तो छ नेपाल र सिंगापुरको हेड टु हेड
नेपालले सिंगापुरसँग कुनै पनि फ्रम्यार्टको क्रिकेटमा अहिले सम्म पराजय भोगेको छैन । टी–२० क्रिकेटमा नेपाल र सिंगापुरबीच २ ओटा खेल भएका छन् । दुबै खेलमा नेपाल विजयी भएको छ । टी–२० क्रिकेटमा नेपालले बनाएको सर्वाधिक स्कोरको रेकर्डपनि सिंगापुरबीरुद्ध नै रहेको छ । सन् २०१३ मा कीर्तिपुर क्रिकेट मैदानमा भएको एसीसी कपमा सिंगापुरबीरुद्ध बनाएको २ सय १० रन नै नेपालले टी–२० मा बनाएको उच्च रन हो । उक्त खेलमा नेपाल १ सय २१ रनले विजयी भएको थियो ।
नेपालको प्रर्दशन
जारी प्रतियोगितामा नेपालले ५ खेलमा ५ मा नै फराकिलो अन्तरको जित निकालेको छ । म्यानमार र मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै भुटानलाई १ सय १७ र चीनलाई १० विकेटले पराजित गरेको नेपालले उपाधि जित्ने निश्चित जस्तै छ । बलिङमा हाबी भई राखेको नेपालले आफ्नो क्षमता अनुसारको ब्याटिङ गर्न भने सकिरहेको छैन ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]