7 years ago
October 12, 2018
काठमाडौँ – लेग स्पिनर सन्दीप लामिछानेले मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोटको खेलमा आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका छन् ।

सिंगापुरबीरुद्ध सुरुवाती २ विकेट लिदैँ नयाँ रेकर्ड कायम गरेका हुन् । यो दुई विकेटसँगै एकै प्रतियोगितामा राष्ट्रिय टोलीबाट सवार्धिक विकेट लिने बलर बनेका छन् । जारी प्रतियोगितामा सन्दीपले २२ विकेट लिई सकेका छन् । सन्दीपले सिंगापुरका मनप्रीत सिंहलाई १० रनमा आउट गर्दै यो सफलता हात पारेका हुन् ।
यसअघि राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको छ । रेग्मीले सन् २०१२ को डिभिजन–४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रीज तीन दिवसीय प्रतियोगितामा समान २१ विकेट लिएका थिए । उक्त रेकर्ड तोड्दै सन्दीपले नयाँ कीर्तिमान राखेका हुन् ।
एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने रेकर्ड सन्दिपकै नाममा रहेको छ। उनले गत बर्ष जुलाईमा यु–१९ बिश्वकप छनोट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेट लिंदै कीर्तिमान बनाएका थिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]