7 years ago
October 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – लामो समयदेखि नेपाली क्रिकेटमा देखिएको क्यानको विवाद समाधानतर्फ पुगेको छ । निर्वाचित क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै अदालतमा विचारधीन मुद्धा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो ।
यसका लागि निर्वाचित क्यानले कात्र्तिक १० गते बैठक बोलाएको छ । सोही बैठकले कानुनी र ब्यवहारीक प्रकृयाबारे छलफल गरी मुद्धा फिर्ता लिने सम्बन्धमा निर्णय गर्नेछ ।
निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलेले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचित क्यान नेपाली क्रिकेटलाई निलम्वन फुकुवा गर्नको लागि हदैसम्म लचिलो भएको बताएका छन् ।
‘पछिल्लो झन्डै साढे दुई वर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बन मुक्त हुने प्रकृया अन्तिम चरणमा पुगेको छ, ’ घलेले जारी गरेको विज्ञप्तिमा छ, ‘नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासमा हामी सधै जिम्मेवार र सहयोगी भुमिकामा प्रस्तुत भैरहेका छौं । हामी सुरुवातबाट नै आईसीसीले गठन गरेको सल्लाहकार समूह र मोनिटरीङ कमिटीमा सहभागी भएर मात्रै हैन, आईसीसी र अन्य सरोकारवालाहरूले भने झै परिमार्जित बिधानलाई बिशेष साधारण सभाबाट हुबहु पारीत गरेर नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रकृयामा सहयोग पु¥याईरहेका छौं ।’
विज्ञप्तिमा लेखिएको छ, हाम्रै जिम्मेवारीपूर्ण र रचनात्मक सहयोगका कारण नै पुरानो बिधानलाई शंसोधन गरी शंसोधित बिधान अनुसार जिल्ला निर्वाचन समेत सम्पन्न भईसकेको अवस्था छ । हाल परिमार्जित बिधान अनुसार गठन भएको पाँच सदस्यीय मोनिटरीङ कमिटीले जिल्ला निर्बाचनको अध्ययन गरिरहेको छ । मोनिटरीङ समितीले आफ्नो प्रतिबेदन बुझाएपछि सम्पन्न हुने प्रदेश र केन्द्रको निर्बाचनसँगै आईसीसीले क्यानमाथीकोको निलम्वन फुकुवा गर्ने हाम्रो विश्वास छ ।
यही सन्दर्भमा हामीले यसअघि सम्मानित सर्बोञ्च अदालतमा दायर गरेकोको मुद्धाको सम्बन्धमा पनि केही चासो ब्यक्त भएका छन् । आईसीसीबाट समेत यस सम्बन्धमा चासो ब्यक्त भएको हुँदा हामीले यस अघि आईसीसी र अन्य सरोकारवाला ब्यक्ति र निकायसँगको छलफलमा गरेको प्रतिबद्धताअनुसार सम्मानित सर्बोञ्च अदालतमा बिचाराधिन अवस्थामा रहेको मुद्धालाई फिर्ता लिने प्रकृया अघि बढाएका छो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]