7 years ago
October 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु क्रिकेटको सर्वाधिक धनराशीको पोखरा प्रिमियर लिग (पीपीएल) र भिजी अटोमोबाइल्सबीच प्रायोजन सम्झौता भएको छ । सुजुकी मोटर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालि र पीपीएलबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले हस्ताक्षर गरे । सम्झौता अनुसार भिजीले पीपीएललाई १५५ सीसीको सुजुकी जिक्सरको तीन मोटरसाइकल उपलब्ध गराउनेछ । तीन मोटरसाइकल पीपीएलका सर्वोत्कृष्ट खेलाडी, ब्याट्सम्यान र बलरले प्राप्त गर्नेछ ।
नेपाली क्रिकेट इतिहासमा एकै प्रतियोगितामा पुरस्कार बापत ३ वटा बाइक प्रदान गर्न लागिएको यो पहिलोपटक हो । यस पुरस्कारले खेलाडीमा उत्साह बढ्ने तथा पिपिएल थप रोमाञ्चक हुने क्विन्सका प्रबन्ध निर्देशक लामाले अपेक्षा गरेका छन् ।
सम्झौतासँगै पीपीएले नेपाली क्रिकेटको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको पिपिएलाई प्रत्यक्ष रुपमा सहयोग गरेको मा लामाले भिजी अटोमोबाइल्सलाई धन्यवाद दिए । नेपाली क्रिकेट विकासमा योगदान दिने उद्देश्यका साथ क्विन्स इभेन्ट्स प्रा. लिले सुन्दर पर्यटकीय नगर पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको यसअघि नै सार्वजनिक गरेको थियो ।
६ टिमको सहभागिता हुने पिपिएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको छ । पोखरालाई क्रिकेटको न्यूट्रल भेन्यू बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिने आयोजकले विश्वास लिएका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]