7 years ago
October 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा नङ्ग्राहार लेपर्डको टोलीबाट डेब्यु गर्दै छन् । दुई दिनअघि नेपालको टि-२० विश्वकप छनोट खेल सकेर यूएई पुगेका सन्दीप आज पाक्तिया प्यान्थर्सविरुद्ध प्लेइङ ११ मा परेका हुन् ।

शनिबार भएको खेलमा थकानका कारण देखाउँदै टोलीमा नपरेका सन्दीप आइतबारको खेलमा भने खेल्दैछन् । उनले तीव्र गतिका अस्ट्रेलियन बलर नाथन रिमिङटनको स्थान लिएका छन् । सन्दीपको टोलीको कप्तानी बेन कटीङले गरिरहेका छन् । सन्दीपको टोलीमा अफगानिस्तानका युवा स्पिनर मुजिब उर रहमान पनि रहेका छन् ।
सन्दीपको टोलीले टस जितेर ब्याटिङ रोजेको छ । टोलीमा जोन्स्टन चार्ल्स, एन्टोन डेभ्चिच, रहमत साह लगायत उत्कृष्ट ब्याट्सम्यान टोलीमा रहेका छन् । स्पिन बलर जाहिर खान र युवा तीव्र गतिका बलर नवीन उल हकको उपस्थितिले बलिङ बलियो पक्ष मानिएको छ ।
सन्दीपले नेपालबाट राम्रो प्रदर्शन गर्दै अन्य लिगमा पनि राम्रो खेलिरहेको र एपीएलमा पनि सोहि लयलाई कायम गर्ने बताएका छन् । उनले एपीएलको अनुभवले आफ्नो करिअरमा पनि सहयोग पुग्ने बताएका हुन् ।
खेलको प्रत्यक्ष प्रसारण :
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]