default_image

10 years ago

March 16, 2016

कीर्तिपुरमै प्रतियोगिता गराउने बारे आइसीसीको दुई शर्त

144 views

0 Bookmark

काठमाडौं, चैत ३ अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरमै खेलाउनका लागि दुई शर्त राखेको छ ।

icc logo
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत तेस्रो चरणको खेल यही वैशाख ४ र ६ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाउने तय गरेको थियो । तर, नेपाल क्रिकेट संघ(क्यान)मा देखिएको बिबादपछि आईसीसीले खेल दिल्लीको नोयडामा सर्न सक्ने संकेत दिएको थियो ।
आईसीसीले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गर्न आफ्ना शर्तहरु राखेको जानकारी गराएको छ ।

आइसीसीले राखेको पहिलो शर्तमा नेपाली प्रशिक्षक र कप्तानसमेत सम्मिलित एक स्वतन्त्र छनोट समिति बनाई नामिबियाविरुद्ध खेल्ने नेपाली टिमको छनोट गर्नुपर्नेछ । जसको सल्लाहकारमा एसिया डेभलोपमेन्ट अफिसर वेन्कटपति राजु रहनेछन् । दोस्रो शर्त कीर्तिपुरको मैदानबारे छ ।

एसिया डेभलोपमेन्ट म्यानेजर बन्दुला वर्नापुराले कीर्तिपुरस्थित मैदानको निरीक्षण गर्नेछन् । बन्दुला केही दिनमा नै नेपाल आउनेछन् र मैदानका साथै साथै सुरक्षा प्रवन्धबारे पनि अध्ययन गरिने छ । आईसीसीले भनेको छ, ‘यदि यो सर्तहरु पुरा भएमा खेल काठमाडौंमा हुनेछ । तर, पास भएन भने हामी नेपाल बाहिर खेल स्थल तय गर्नेछौं ।’

यी शर्त पुरा भए कीर्तिपुुरमा खेल खेलाउने र शर्त पुरा नभए नेपाल बाहिर गर्ने आईसीसीले बताएको छ । नेपाल क्रिकेट संघ क्यानको आधिकारिकता विवाद रहेको भन्दै आईसीसीले राखेपले बनाएको तदर्थ समिति र निर्वाचित क्यानको सहमति र राखेपको सहयोगमा काम गर्ने बताएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.