default_image

7 years ago

November 6, 2018

चितवनलाई उपाधि जिताउन सक्ने ३ खेलाडी

96 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज कप्तान पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरि रहेको घरेलु टोली पोखरा पल्टनबीच भिडन्त हुने छ। खेल बिहान ११ बजेबाट पोखरा रंगशालामा चल्ने छ ।

पोखरा शिर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवनले अन्तिम तीन खेलमा लगातार जित निकाल्दै प्ले अफमा हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । समुह चरणको खेलमा पोखराले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । क्रिकेटमा कुनै भर हुदैँन । अन्तिम बल र विकेट सम्म जुन नतिजा जहाँ पनि जान सक्छ । हुन त क्रिकेटमा एकै खेलाडीले मात्र खेल जिताउन सक्दैन । सबै खेलाडीको आ-आफ्नो ठाउँबाट राम्रो प्रर्दशन गर्नुपर्छ तर खेलमा केहि खेलाडीको उत्कृष्ट प्रर्दशन गर्न सके खेल सजिलै आफ्नो पक्ष्यमा पर्न सक्छ ।

त्यस्तै घरेलु मैदानमा पोखरालाई निराश बनाउँदै चितवनलाई उपाधि जिातउने सक्ने यी ३ खेलाडी

सन्नी पटेल

जारी पीपीएलमा सन्नीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गर्दै आई रहेका छन् । चितवनका पछिल्ला चार जितमा तीन खेलमा म्यान आफ द म्याच बनेका पटेल जारी पीपीएलमा सर्वाधिक विकेट लिने तेस्रो र रन बननाउनेमा छैटौँ ब्याटम्यान हुन् । समान ६ खेलमा ९ विकेट लिएका उनले १ सय ५१ रन प्रहार गरेका छन् । अन्तिम खेलमा विराटनगरबीरुद्ध हार नजिक पुगेको चितवनलाई जिताउन सन्नीले २४ बलमा ५१ रन बनाउदै जिताएका थिए । आजको खेलमा सन्नीले उत्कृष्ट फमलाई निरन्तरा दिए पोखराको उपाधि जित्ने सपनामा चकनाचुर हुन सक्ने छ ।

करण केसी

तीव्र गतिका बलर करण केसी पीपीएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । करणले फाइनल खेल खेल्नु अघि ६ खेलमा ११ विकेट लिएका छन् । त्यस्तै ठूला शत प्रहार गर्न माहिर करणले ब्याटिङमा ४ खेलमा १८ रन बनाएका छन् । करणको घातक बलिङ गरे पोखरा सस्तैमा समेटीन सक्ने छ । साथै आक्रमक ब्याटिङ गरे पोखराको लागि करण टाउको दुखाईका बलर मात्र हुने छैनन् उपाधि जित्ने सपनामा तगारो पनि बन्ने छन् ।

स्मित पटेल

भारतीय मुलका पटेलले जारी पीपीएलमा उत्कृष्ट अल राउण्डर प्रर्दशन गरि रहेका छन् । ब्याटिङमा ६ खेलमा १ सय १७ रन बनाएका उनले समान खेलमै ७ विकेट लिएका छन् । स्मितको प्रर्दशन पोखराको लागि घातक सावित हुन सक्ने छ । आफ्नो उत्कृष्ट प्रर्दशनलाई पटेलले निरन्तरता दिए पोखरालाई उपाधि जित्न निकै कठिन हुने छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.