default_image

7 years ago

November 6, 2018

पोखरालाई च्याम्पियन बनाउन सक्ने ३ खेलाडी

85 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – स्थानीय टोली पोखरा पल्टन र चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज आमनेसामने हुँदैछन् । कप्तान पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरिरहेको पोखरा पल्टनबीच भिडन्त हुने  छ। खेल  बिहान ११ बजेबाट पोखरा रंगशालामा चल्नेछ ।

पोखरा शिर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवनले अन्तिम तीन खेलमा लगातार जित निकाल्दै प्ले अफमा हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।  समुह चरणको खेलमा पोखराले  चितवनलाई  ५ विकेटले  पराजित गरेको  थियो ।  क्रिकेटमा कुनै भर हुदैँन । अन्तिम बल र  विकेट सम्म जुन नतिजा जहाँ पनि जान  सक्छ  ।  हुन त  क्रिकेटमा एकै  खेलाडीले  मात्र खेल जिताउन सक्दैन ।  सबै  खेलाडीको आ-आफ्नो  ठाउँबाट  राम्रो प्रर्दशन गर्नुपर्छ तर  खेलमा केहि खेलाडीको  उत्कृष्ट प्रर्दशन गर्न  सके खेल सजिलै आफ्नो पक्ष्यमा पर्न सक्छ । त्यस्तै घरेलु मैदानमा राम्रो  दर्शकको साथ  पाउने पोखराले चितवनलाई हराउदैँ घरेलु मैदानमै उपाधि राख्न चाहान्छ ।

चितवनको  उपाधि जित्ने सपनामा तगारो  बन्न सक्ने  पोखराका खेलाडी

रवी इन्दर सिंह

पीपीएलमा पोखराबाट खेलका भारतीय मुलका सिंह सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा चौथो स्थानमा रहेका छन् । फाइनल खेल खेल्न बाँकी रहँदा उनले ५ खेलमा कुल १ सय ७० रन बनाएका छन्  समुह चरणको खेलमा चितवनलाई ५ विकेटले हराउन रविले उत्कृष्ट ६५ रनको  पारी खेलेका थिए ।  आजको  खेलमा पनि रविले  त्यहि प्रर्दशनलाई निरन्तरता दिने हो भने पोखराको उपाधि जित्ने सपना पुरा गर्न  गाह्रो हुने  छैन । चितवनका बलरका लागि रवि टाउको दुखाईका ब्याटम्यान बन्न सक्ने छन् ।

ललितनारायण राजवंशी

ललित नारायण राजवंशी

जारी पीपीएलमा राजवंशीले उत्कृष्ट प्रर्दशन गरि रहेका  छन् । पोखरा पल्टनका मुख्य  हतियार रहेक उनले  ५ खेलमा २० ओभर बलिङ गर्दा ९ विकेट लिदैँ सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चौथो स्थानमा रहेका छन् । चितवनबीरुद्ध समुह चरणको खेलमा विकेट लिन नसकेका राजवंशीको आजको खेलमा  आफ्नो स्पिनको  जादुमा चितवनका ब्याटम्यानलाइृ  फसाउन सक्ने छन् ।  चितवनको  ब्याटिङ धरासय बनाउ  राजवंशीले  पनि उत्कृष्ट प्रर्दशन गर्न  सक्ने छन् ।

मोहम्मद नविद

 

यूएईका तीव्र गतिका बलर रहेका नविदले  जारी पीपीएलमा उत्कृष्ट अल राउण्डर प्रर्दशन गरि रहेका छन् । ४  खेलमा ३ मा ब्याटिङ गर्ने  मौका पाएका नविदले ५८ रन बनाएका छन् ।  त्यस्तै बलिङमा ४ खेलमा ७ विकेट लिएका छन् । तिब्र गतिमा बलिङ गर्ने  नविदले  जुन सुकै ओभरमा पनि खेल आफ्नो ओभरमा पार्न  सक्ने छन् ।   नविद आज चले चितवनलाई उपाधि जित्न पक्कै सहज हुने छैन ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.