default_image

7 years ago

November 6, 2018

पीपीएलमा ‘म्यान अफ द सिरीज’ का दावेदार ३ खेलाडी

96 views

0 Bookmark

पोखरा – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज चितवन राइनोज र  घरेलु टोली पोखरा पल्टनबीच  प्रतिस्पर्ध हुँदैछ । खेल  फाइनल खेल पोखरा रंगशालामा बिहान ११ बजेबाट सुरु हुने छ ।

पोखरा शीर्षस्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवन प्ले अफमा हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।  समुह चरणको खेलमा पोखराले  चितवनलाई  ५ विकेटले  पराजित गरेको  थियो ।  विजेता टोली २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पूर्वघोषित पुरस्कार अनुसार प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै मोस्ट भ्यालुएबल प्लेयरलाई १ लाख र उदयीमान खेलाडीलाई ५० हजार रुपैयाँको व्यवस्था गरिएको छ ।

पीपीएलमा  “म्यान अफ द सिरीज”का दावेदारका संभावित ३ खेलाडी यस  प्रकार  रहेका छन् ।

सन्नी पटेल

चितवन राइनोजले  उपाधि जिते सन्नी  पटेल ‘म्यान अफ द सिरीज’ घोषित हुने उच्च संभावना रहेको छ ।  अलराउण्डर प्रर्दशन गरि रहेका पटेलले  फाइनल खेल्नु अघि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा छैटौ र विकेट लिनेमा तेस्रो  स्थानमा छन् ।  समान ६ खेलमा  १ सय  ५१ रन बनाएका छन् भने  बलिङमा  ९ विकेट लिई सकेका छन् ।  पटेलको अलराउण्डर  प्रर्दशन हेर्ने हो  भने  “म्यान अफ द सिरीज”का बलियो दावेदार खेलाडी  हुन् ।  पछिल्लो  चार खेलमा लगातार  चितवनले  जित निकाल्दा ३ खेलमा पटेलले  “म्यान अफ द म्याच” घोषित भएका थिए ।

करण केसी

तिव्र गतिका बलर करण केसी पीपीएलमा फाइनल अघि सर्वाधिक विकेट लिने खेलाडी हुन् । चितवन राइनोजबाट खेलि रहेका करणले फाइनल खेल खेल्नु अघि ६ खेलमा ११ विकेट लिएका छन् । ११ विकेट लिन करणले २२.३ ओभरमा २ मेडन राख्दा १ सय ४१ रन खर्चेका छन् ।  ब्याटिङमा ६ खेलमा ४ मा ब्याटिङ गरेका करणले १८ रन बनाएका छन् ।  फाइनल खेलमा पोखराबीरुद्ध उत्कृष्ट प्रर्दशन गर्न सके करण “म्यान अफ द सीरिज” बलियो दावेदार  खेलाडी हुन् ।

मोहम्मद नविद

यूएईका तीव्र गतिका बलर रहेका नविदले  जारी पीपीएलमा उत्कृष्ट अल राउण्डर प्रर्दशन गरि रहेका छन् । ४  खेलमा ३ मा ब्याटिङ गर्ने  मौका पाएका नविदले ५८ रन बनाएका छन् ।  त्यस्तै बलिङमा ४ खेलमा ७ विकेट लिएका छन् । आजको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै पोखरालाई उपाधि दिलाए  नविद पनि ‘म्यान अफ द सिरीज’ का दावेदार  हुनेछन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.