7 years ago
November 6, 2018
पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले अर्धशतकीय इनिङ्स मद्दतमा चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली पोखरा पल्टनलाई जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पार्यो । चितवनका लागि कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । ३७ बलमा पारसले ९ चौका प्रहार गरे । चितवनले पहिलो विकेटको रुपमा हरिशंकर साहलाई ८ रनमा गुमाएको थियो । त्यसपछि क्रिजमा रहेका कप्तान पारस र अनिलले दोस्रो विकेटको लागि रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । चितवनको दोस्रो विकेट पतन हुदा ८५–२ को अवस्था रहेको थियो । पारस अनिलले प्रहार गरेको स्ट्रेट ड्राइभमा बलर राशिद खानले हातले बल छोएपछि नन-स्ट्राइकर एण्डमा रनआउट भएका थिए ।
त्यसपछि अनिल र सन्नीले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गरे । ओपनर अनिल कुमार साहले ३७ रनमा आउट भए । ३८ बलमा अनिलले ३ चौका र १ छक्का प्रहार गरे । आक्रमक इनिङ्स खेलेका सन्नीले ४३ रनको योगदान दिए । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । आरिफ शेख १४ रनमा नटआउट रहे । सन्नीले १५ ओभर २ बलमा जीवनदान पाएका थिए । विक्रम भुषालको बलमा सन्नी १९ रन जोडेको अवस्थामा रोहित कुमार पौडेलले क्याच ड्रप गरेका थिए । पोखराका कृष्ण कार्कीले २ तथा मोहम्मद नविद र ललित नारायण राजवंशीले समान १ विकेट लिए । घरेलु टोली पोखराले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

९ कार्तिकबाट शुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले पीपीएलमा राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गरेका थिए । अन्य फ्रेन्चाइजमा भन्दा यसपटक केही फरक गरिएको थियो । लिगको शीर्षस्थानमा रहने टिमले सिधै फाइनलमा स्थान बनाउदा दोस्रो र तेस्रो हुने टिमले फाइनल प्रवेशको लागि इलिमेटर खेल खेलेका थिए ।
प्रतियोगितमा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स्, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजेताले २७ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले भीजी अटोमोवाइलको सुजुकी जिक्सर मोटरसाइकल प्राप्त गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]