default_image

7 years ago

November 6, 2018

पोखरा पल्टनलाई नमस्ते पीपीएल उपाधि !

196 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले उच्च प्रदर्शन गरेपछि घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली पोखरा च्याम्पियन बनेको हो ।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य घरेलु टोली पोखराले अन्तिम ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई च्याम्पियन बनाउन रवि इन्दर सिंहले ९० रनको उत्कृष्ट इनिङ्स खेले । उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गरे । कप्तान शरद भेषावकरले २२ रन रन जोडे । आसिफ शेख १२ तथा ओपनर कुशल भुर्तेल ४ रनमा पेभेलियन फर्किए ।

पहिलो ओभरको दोस्रो बलमै कुशल भुर्तेल आउट भएपछि रवि इन्दर र आसिफले दोस्रो विकेटको लागि ५७ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ अग्रसर गराएका थिए । दोस्रो विकेटको रुपमा आसिफ शेख १२ रनमा आउट हुदा टिमले ६५ रन जोडेको थियो । मोहम्मद नविद आक्रामक २५ रनमा आउट भए । उनले १४ बलमा १ चौका र ३ छक्का प्रहार गरे । चितवनका भुवन कार्कीले २ तथा सन्नी पटेल र करण केसीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पारेको थियो । कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । ३७ बलमा पारसले ९ चौका प्रहार गरे । चितवनले पहिलो विकेटको रुपमा हरिशंकर साहलाई ८ रनमा गुमाएको थियो । त्यसपछि क्रिजमा रहेका कप्तान पारस र अनिलले दोस्रो विकेटको लागि रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । चितवनको दोस्रो विकेट पतन हुदा ८५–२ को अवस्था रहेको थियो ।

त्यसपछि अनिल र सन्नीले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गर । ओपनर अनिल कुमार साहले ३७ रनमा आउट भए । ३८ बलमा अनिलले ३ चौका र १ छक्का प्रहार गरे । आक्रमक इनिङ्स खेलेका सन्नीले ४३ रनको योगदान दिए । सन्नीले २१ बलमा ४ छक्का र ३ चौका हिर्काए । आरिफ शेख १४ नटआउट रहे । करण केसी शुन्यमा आउट भए । सन्नीले १५ ओभर २ बलमा जीवनदान पाएका थिए । विक्रम भुषालको बलमा सन्नी १९ रन जोडेको अवस्थामा रोहित कुमार पौडेलले क्याच ड्रप गरेका थिए ।  पोखराका कृष्ण कार्कीले २ तथा मोहम्मद नाभिद र ललित नारायण राजवंशीले समान १ विकेट लिए ।

च्याम्पियन बनेसँगै पोखराले नगद २७ लाख रुपैया प्राप्त ग¥यो । उपविजेतामा चित्त बुझाएको चितवनले १० लाख रुपैया प्राप्त ग¥यो । विजयी टिम तथा खेलाडीलाई पूर्व प्रधाननमन्त्री तथा ने क पा का अध्यक्षक पुष्प कमल दाहाल ‘प्रचण्ड’, क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्वी लामालगायतले पुरस्कृत गरे ।

९ कार्तिकबाट सुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए । अन्य फ्रेन्चाइजमा भन्दा यसपटक केही फरक गरिएको थियो । लिगको शीर्षस्थानमा रहने टिमले सिधै फाइनलमा स्थान बनाउदा दोस्रो र तेस्रो हुने टिमले फाइनल प्रवेशको लागि इलिमेटर खेल खेलेका थिए । प्रतियोगितमा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स्, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्सले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.