7 years ago
November 6, 2018
पोखरा (हाम्रो खेलकुद)- नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउदै जितेको छ । १ सय ६१ रनको लक्ष्य पक्ष्याएको पोखराले खेल सकिन ५ बल अगाडीनै ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

च्याम्पियन बनेसँगै पोखराले नगद २७ लाख रुपैया प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको चितवनले १० लाख रुपैया प्राप्त गर्यो । (पीपीएल) मा सन्नी पटेल म्यान अफ द सिरीज घोषित भएका छन् । उनले ७ खेलमा १० विकेट लिनुको साथै १ सय ९४ रन बनाएका थिए ।
प्रतियोगितामा उत्कृष्ट बलरमा करण केसी घोषित भए । उनले ७ खेलमा कुल १२ विकेट लिएका थिए ।
त्यस्तै प्रतियोगिताका बेस्ट ब्याटम्यानमा गौरभ तोमर घोषित भएका छन् । तोमरले ६ खेलमा २ सय १२ रन बनाएका थिए । यी तिनै खेलाडीले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गरेका छन् ।

गौरव तोमर
मोस्ट भ्यालुएबल प्लेयरमा ललित नारायण राजवंशी घोष्ति भए । उनले ६ खेलमा १० विकेट लिएका थिए । ललितले १ लाख १ हजार हात पारे ।
रासिद खान युवा उदायमान खेलाडी घोषित भए । रसिदले ६ खेलमा ७ विकेट लिए । उनले ५१ हजार हात पारे ।

ललित नारायण राजवंशी
विजयी टिम तथा खेलाडीलाई पूर्व प्रधाननमन्त्री तथा ने क पा का अध्यक्षक पुष्प कमल दाहाल ‘प्रचण्ड’, क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्वी लामालगायतले पुरस्कृत गरे ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]