7 years ago
November 7, 2018
एजेन्सी – ओपनर तथा कार्यवाहक कप्तान रोहित शर्माले नयाँ कीर्तिमान बनाएपछि वेस्ट इन्डिजसँगको ३ खेलको टी -२० श्रृंखलामा भारतले एक खेल अगवानै २ – ० ले जितेको छ ।

मंगलबार राती भएको दोस्रो टी-२० खेलमा ७१ रनले वेस्ट इन्डिजलाई पराजित गर्दै श्रृंखला कव्जा गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको शतकमा २ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । करियरको चौथो शतक प्रहार गरेका रोहित टी -२० क्रिकेटमा सर्वाधिक शतक बनाउने रेकर्ड पनि कायम गरेका छन् । ६१ बलको सामना गरेका रोहितले ८ चौका र ७ चौका प्रहार गर्दै १ सय ११ रन बनाए । त्यस्तै शिखर धवनले ४३ रन बनाउदा के एल राहुलले २६ रन जोडे ।
त्यस्तै रोहित भारतीय टी -२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् । विराटलाई पछि पार्दै यो सफलता हात पारेका हुन् । टी-२० क्रिकेटमा विश्वका सर्वाधिक रन बनाउने रेकर्ड न्युजिल्यान्का ओपनर मार्टिन गुप्टिल पहिलो स्थानमा रहेका छन् । विश्वमा रोहित दोस्रो स्थानमा रहेका छन् । गुप्टिलले २२७१ रन बनाउदा रोहितले २२०३ बनाएका छन् ।
१ सय ९६ रनको विशाल लक्ष्य पक्ष्याएको पाहुना टोली वेस्ट इन्डिज भारतीय बलर सामु निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र १ सय २४ रन बनाउन सक्यो । उस्का लागि डरेन बाभ्रोले २३, किमो पाउल २०, कप्तान कार्लोस वार्थवेट र सिम्रन हेटमरले समान १५ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । वेस्ट इन्डिजलाई सस्तैमा रोक्न भारतका कुलदिप यादव, जसप्रित बुमराह, भुवनेश्वर कुमार र खलिल अमिदले समान २ विकेट हात पारे ।
यस अघि भारत पहिलो खेलमा ५ विकेटले विजयी भएको थियो । अव तेस्रो तथा अन्तिम खेल आगमी आइतबार हुने छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]