7 years ago
November 7, 2018
एजेन्सी – क्रिकेटमा एकै ओभरमा कति रन सम्म बन्ला ? जो कहिले पनि भन्ने गर्छ कसैले ६ छक्का हान्न सके ३६ रन बन्छ नि । तर विश्व क्रिकेट जगतको लिष्ट ए खेलमा नयाँ रेकर्ड बनेको छ ।

न्युजिल्यान्डका ब्याटम्यान जो कार्टर र ब्रेट हेम्पटनले एकै ओभरमा ४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका छन् । न्युजिल्यान्डको लिष्ट ए को खेलमा नर्थइरन डिस्टिक्स र सेन्टरल स्टागसबीचको खेलमा यो रकर्ड बनेको हो । यो रेकर्ड डिस्टिक्सका ब्याटम्यान हेमिल्टन र कार्टरले बनाएका हुन् ।
पहिलो बलमा चौका प्रहार हुँदा अन्य दुई बलमा लगातार नो बलमा दुई छक्का प्रहार गरे । त्यस्तै दोस्रो बलमा छक्का हुदा तेस्रो मा एक रन लिएका थिए भने अन्य तीन बलमा लगातार तीन छक्का हान्दै एकै ओभरमा ४३ रन बनाउन सफल भएका हुन् ।
एकैओभरमा ४३ रन बनाएपछि ५० ओभरमा डिस्टिकले ७ विकेट गुमाउदै ३ सय १३ रन बनाएको थियो । ३ सय १४ रनको लक्ष्य पक्ष्याएको सेन्टरलले ९ विकेटको क्षतिमा २ सय ८८ रन मात्र बनाउन सक्यो । डिस्टिक्स २५ रनले विजयी समेत भएको छ ।
भिडियो:
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]