default_image

10 years ago

April 7, 2016

पारसको कप्तानीमा नामिबिया विरुद्ध खेल्ने क्रिकेट टोलीको घोषणा

156 views

0 Bookmark

यहि वैशाख ४ र ६ गते नामिबिया विरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गतको खेलका लागि १४ सदस्यीय टोलीको घोषणा भएको छ|
Nepal Cricket Team vs Oman (5)
तिन नयाँ युवा खेलाडी सम्मिलित टोलीमा केहि पुराना नाम भने अटाइएक छैनन्| विकेटकिपर ब्याट्सम्यान सुबाश खकुरेल, अनिल मण्डल र अभिनाश कर्ण टोलीमा रहेका छैनन्|
खकुरेलको अनुपस्थितिमा यु-१९ टोलीका कप्तान राजु रिजालले विकेटकिपरको भूमिका सम्हाल्ने छन्|
यस्तै स्पिन बलिंगमा ध्यान दिएको भन्दै युवा स्पिनरद्वय सन्दिप लामिछाने र सुशन भारि टोलीमा परेका छन्|
अन्तिम १४:
पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन, शरद भेषावकर, नरेश बुढायर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, राजेश पुलामी, सन्दिप लामिछाने, राजु रिजाल, सुसान भारी छन् ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.