default_image

10 years ago

April 12, 2016

डि भिलियर्स र कोहली चम्केपछि बैंगलोरको जित

197 views

0 Bookmark

बैगलोर-रोयल च्यालेन्जर्स बैगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) दमदार सुरुआत गर्ने क्रममा मंगलबार सनराइजर्स हैदराबादलाई ४५ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिड् गर्ने पाएको मौकालाई भरपुर उपयोग गर्दै बैंगलोरले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।

एबी डि भिलियर्स र विराट कोहली ।

एबी डि भिलियर्स र विराट कोहली ।

जवाफमा हैदराबादले ६ विकेटको क्षेतिमा १ सय ८२ रन बनाउन सक्यो । अन्तर्राष्ट्यि क्रिकेटका दुई सफल ब्याट्सम्यान विराट कोहली र एबी डि भिलियर्सले बिस्फोटड् ब्याटिड् गरेपछि बैंगलोरले दुई सय रनको आँकडा पार गरेको थियो ।

अर्का आक्रमक ब्याट्सम्यान क्रिस गेल (१) लाई सस्तैमा गुमाएपनि बैंगलोरको दोस्रो विकेटका लागि कोहली र डि भिलियर्सले १ सय ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

म्यान अफ दी म्याच दक्षिण अफ्रिकी डि भिलियर्सले ४२ बलमा ७ चौका र ६ चौकाको मद्दतमा ८२ रन बनाए । ओपनर कोहलीले ५१ बलमा ७ चौका र ३ छक्कासहित ७५ रन बनाए । सरफराज खानले १० बलमा ५ चौका र २ छक्काका साथ ३५ रन जाडेका थिए ।

हालै अन्तर्राष्ट्यि क्रिकेटबाट सन्यास लिएका १९ रन बनाए । हैदरबादका भुवनेश्वर कुमार र मुस्फिकर रहमानले समान २ विकेट लिए ।
जवाफमा डेभिड वार्नरले अर्धशतक बनाएपनि टोलीले पहिलो खेलमा हार टार्न सकेन ।

वार्नरले २५ बलमा ४ चौका र ५ छक्काकासहित ५८ रन बनाए । टोलीका लागि आशिष रेड्डीले ३२, कर्ण शर्मामाले २६, इयोन मोर्गानले २२ रन बनाए । बैगलोरका वार्टसन, युजभेन्द्र चाहालले समान २ विकेट लिए ।

आइपिएलमा कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.